पाँचथर । भावनाको भूगोल हुँदैन भने झै सूचना प्रविधिले ‘विश्वलाई नै एउटा गाउँ’ बनाएका बेला हामी भौगोलिक सिमानालाई आधार बनाएर ‘वर’ र ‘पर’को व्यवहार गरिरहेका छौं । यसबीच नेपालको भाषा, कला र साहित्यलाई अहिलेको उचाइँमा ल्याइपुर्याउन भारतको दार्जिलिङमा जन्मिएका धेरै कलाकर्मी र साहित्यकर्मीको नेपाली भाषा र साहित्य तथा कलामा योगदान गरेका छन् ।
भारतको दार्जिलिङ संग नेपालको साहित्य र कला क्षेत्रमा धेरै पुरानो सम्बन्ध रहेको छ । अम्बर गुरुङ,गोपाल योञ्जन,रञ्जित गजमेर धेरैले नेपाली भाषामा योगदान गर्नु भएको छ । धेरैको नाम छुटेको छ यो केवल उदाहरणको लागीमात्र नाम लिइएको हो । साहित्य र संगीतमाजस्तै नेपाली कला क्षेत्रको विकासमा पनि दार्जिलिङमा जन्मिएका नेपाली भाषीको योगदान अनुकरणीय छ । नेपाली चलचित्रमा अभिनयसँगै निर्देशनलाई अघि बढाएका र चलचित्रको माध्यमबाट नेपालीत्व विकास गर्न लागिपरेका कलाकार तुलसी घिमिरेको जन्म दार्जिलिङको कालिङपोङमा भएको हो । दक्षिणा, बलिदानजस्ता नेपाली मौलिक चलचित्र निर्माण गरेका घिमिरे अझै पनि नेपाली चलचित्रको उन्नयनका खातिर क्रियाशील छन् ।
दार्जिलिङमा जन्मिएर नेपालको व्यावसायिक चलचित्रको विकासमा योगदान पुर्याएका चलचित्रकर्मी शम्भु प्रधानलाई पनि नेपाल र नेपालीले भुल्न सक्नेछैनन् ।
यस्तै पछिाल्लो समय भारतको दार्जिलिङमा जन्मीएर नेपाली भाषिक चलचित्रहरुमा अभिनय गर्न सुरु गरेको नाम हो सतिका सुब्बा । बाजेहरुको पुर्खा पाँचथरनै भए पनि सतिका भारतको दार्जिलिङमै जन्मे हुर्केकी हुन् । भारतको दार्जिलिङमा नेपाली भाषिक चलचित्रहरुमा पाइला चाल्दै अभिनयमा भविष्य खोज्दै गरेकी सतिका पाँचथर आएको बेला केन्जो खरबले गरेको कुराकानी केही अंशहहरु
नेपाल कहिले आउनु भयो, केको लागी आउनु भएको थियो ?
नेपाल आएको केहि दिन भयो । पारिवारीक कामले फिदिम आएको थिए । अब केहि दिन बसेर फर्किन्छु ।
तपाँईले अभिनय गरेका नेपाली भाषका चलचित्रहरु कुन कुन हुन् ? कतिवटा चलचीत्रमा अभिनय गर्नु भएको छ ?
मैले अभिनय सुरु गरेको सात वर्ष पुरा भयो । सात वर्षको अवधिमा पाँचवटा चलचित्रमा काम गर्ने अवसर पाए । पाँचवटा मध्ये ३ वटा रिलिज भयो । अब २ वटा चलचित्र रिलीज हुन बाँकी छ । मैले अभिनय गरेको चलचित्रहरु १ तिमि र म, भाग्य विधाता र सेमीफुङ हो । १५ वटा जति म्युजिक भिडियोमा अभिनय गरेको छु ।
भारतको दार्जिलिङमा त नेपाली चलचीत्रको बजार सानो छ, करियर राम्रो छ त ?
भारतको दार्जिलिङमा बजार त सानो छ । तर नेपाली भाषामा बनेको चलचित्रहरु नेपालमा मात्र बजार हो भन्ने छैन् । अहिले त डिजिटल प्लेटफर्महरु छन् । सजिलो छ । मेहनत गर्नु पर्छ ।
नेपाल र भारतमा बन्ने नेपाली भाषाको चलचित्रहरुमा के फरक छ ?
नेपाली चलचित्र उद्योग पहिला भन्दा धेरै अगाडी पुगी सक्यो । भारतमा हामी भरर्खर बामे सर्ने अवस्थामा र्छौ । तर पनि भारतको दार्जिलिङमा पनि हामी व्यवसायिक बन्ने प्रयासमा छौं ।
तपाँई कसरि अभिनय तिर आउनु भयो ?
बच्चा हुँदा देखि नाच्न गाउन मन लाग्थ्यो । स्कुलमा नाटकमा अभिनय गर्दा गर्दै अभिनय प्रति मोह बढ्यो ।
अभिनय बाहेक के गर्नु हुन्छ ? अभिनय गरेरै त जीबीकोपार्जन हुँदैन होला
?
म अहिले अभिनयको अलबा इभेन्ट म्यानेजम्याट सञ्चालन गर्दै छु । सामाजिक कार्यहरु पनि गर्दै आएको छु ।
कलकारितामा रहर मात्र छ की भविष्यनै सम्झनु भएको छ ?
अभिनयमा प्यासन त हुनै पर्यो । प्यासन भए पछिनै यता तिर आउने हो । अव यता तिर आएर दुख गर्र्दैछु अव भविष्य पनि सम्झनु पर्यो होला ।
भारतको दार्जिलिङमा दुख गर्दै हुनुहुन्छ, नेपालमा नाम चलेका निर्देशकहरुबाट अफर आयो भने नेपालमा आएर काम गर्नु हुन्छ ?
अहिले म भरर्खर अभिनयमा पाइला चाल्दैछु । नेपालको नाम चलेका निर्देशकहरु आँखामा पर्ने गरी काम गर्न सकि रहेको छैन् । तर पछिल्लो प्रोजेक्टहरु राम्रा छन् सायद यसले राम्रो गर्छ होला । उहाँहरुले अफर गर्दा नेपालमा काम गर्छू ।
नेपाली चलचित्र कस्तो बनोस जस्तो लाग्छ ?
नेपाल देश सानो भए पनि संस्कृतीमा धनि भएको देश हो । यहाँको संस्कृती संरक्षण का साथै नेपाली माटो सुहाँउदै र मौलिक चलचित्र बनोस जस्तो लाग्छ ।