पाँचथर । नेकपा (माओवादी केन्द्र) पाँचथरकोे पालिका अधिवेशन अन्तर्गत ८ पालिकामा नयाँ नेतृत्व चयन भएका छन्। सोमबार अवेर फिदिम नगरपालिकाको नयाँँ नेतृत्व आए संगै नेकपा (माओवादी केन्द्र) पाँचथरले पाँचथरका सबै पालिकामा नयाँ नेतृत्व पाएको हो । पाँचथरको सबै ८ वटै पालिकामा माओबादी केन्द्रले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
माओबादी केन्द्रले जनाए अनुसार सदरमुकाम समेत रहेको फिदिम नगरपालिकामा देबी थापा मगर, उपाध्यक्षमा दिपक दुलाल, दिलकुमार नेम्बाङ र सन्तबहादुर राई निर्वाचित भएका छन् । सचिवमा तेजबहाजुर तामाङ, सहसचिवमा मनकुमार राई र कोषाध्यक्षमा बिपिन तुम्रोक लाई चयन गरिएको छ । सोमबार फिदिममा जारी फिदिम नगरपालिकाको नगर अधिबेशनबाट माओबादी केन्द्रले पाँचथरको विकासमा १० वर्षे गुरुयोजना समेत सार्वजनिक गरेको छ ।
फिदिम नगर अधिबेशनमा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवो मौसम तथा माओबादी केन्द्रका एक नम्बर प्रदेशका प्रदेश सदस्य हर्कबहादुर नेम्बाङ मिक्सोले सम्बोधन गरेको फिदिम नगरपालिकाका नवनिर्वाचित उपाध्यक्ष दिपक दुलालले जानकारी दिए ।
त्यस्तै याङवरका गाउँपालिकाको अध्यक्षमा अर्जुन बेधा, हिलिहाङ गाउँपालिकाको अध्यक्षमा टेकबहादुर सिंगु, फालेलुङ गाउँपालिकाको अध्यक्षमा बुद्धिमान सावदेन,कुम्मायक गाउँपालिकाको अध्यक्षमा महेन्द्रबहादुर खड्का,फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा इन्द्रकुमार नेम्बाङ,मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा निरानन्द घिमिरे र तुम्बेवा गाउँपालिकाको अध्यक्षमा खड्क सुन्दर सम्हाम्फे
निर्वाचित भएको माओबादी केन्द्र पाँचथरले जानकारी दिएको छ ।