पाँचथर कार्तिक १६ रानिटार । दिपावालीको अवसरमा रानिटारमा आयोजित खुला नकआउट फुटबल प्रतियोगितामा सहज जित हासिल गर्दै राष्ट्रीय युवा संघ पाँचथर र एम.एम.एफ.सि सिलौटी दोश्रो चरण प्रवेश गरेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा आयोजक रानिटार ग्रीन भ्याली युनाईटेड क्लबलाई शुन्यका बिरुद्ध तीन गोलले पराजित गर्दै राष्ट्रीय युवा संघ पाँचथर बिजयी भएको छ ।
यता दोश्रो खेलमा शिर्जना युवा क्लब माक्लुम्बालाई ४ -० को फराकिलो अन्तरले पाखा लगाउदै एम. एम. एफ.सि क्लब प्रतियोगिताको दोश्रो चरण प्रबेश गरेको छ । पहिलो हाफको सुरुवातमै एम.एम.एफ.सि ले पाएको फ्री किकलाई सदुपयोग गर्दै १-० को अग्रता लिएपछी खेलको पुरै अवधिभर शिर्जना क्लबले दबाब सहनु परेको थियो ।
रानिटार ग्रीन भ्याली युनाईटेड र त्रीवेणी युवा क्लबको संयुक्त आयोजनामा शुरु भएको प्रतियोगितामा भोलि ३ वटा खेल हुनेछन् ।
२० टिमको सहभागिता रहने यस प्रतियोगितामा भोलिको पहिलो खेलमा जल्पा जलेश्वरी क्लब र लभिज्म बुद्ध स्पोर्टिङ क्लब आमने सामने हुनेछन् ।
कार्तिक २१ गते हुने फाईनल खेलमा बिजयी टिमले नगद ५० हजार सहित मेडल र प्रमाणपत्र तथा उपबिजेता टिमले २५ हजार नगद सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।