फिदिम । सोमबार राति देखिको निरन्तर बर्षाका कारण पाँचथरको जनजीवन प्रभावित भएको छ । पाँचथरका अघिकांश स्थानमा पहिरो गएको छ । केहि परिवारहरु पहिरोको कारण विस्थापित समेत भएको पाँचथर प्रहरीले बताएको छ । पाँचथरको मिक्लाजुङको बिभिन्न वडाहरुको पहिरो गएको सुचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाँचथरका आठवटै स्थानिय तहका बिभिन्न स्थानहरुमा पहिरो गएको र पहिरोको एकिन बिबरण आइनसकेको प्रहरीले बताएको छ ।
मिक्लाजुङको दुरर्दिम्बामा २ घर पहिरोले विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । कुम्मायकको माङजाबुङमा पहिरोको कारण दुईवटा घर र एउटा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । पहिरोको कारण मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्याल पाँचथरका सुचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
लगातार परिरहेको वर्षाका कारण बिभिन्न ठाउँमा पहिरो जादाँ पाँचथरका बिभिन्न स्थान जोडिने ग्रामिण सडकहरु अवरुद्ध भएका छन् पहिरोको कारण मेचि रार्जमार्ग अन्तरर्गत राँके फिदिम सडक खण्डको बिभिन्न ५ स्थान अबरुद्ध भएको प्रहरीले बताएको छ । यता फिदिम हेवा खोला सडक खण्डमा भएको अबरुद्ध प्रहरीले हटाइसकेको जनाएको छ । पहिरोको कारण मेचिरार्जमार्गका केहि स्थान,फिदिम फालोट सडक खण्ड,रबि राँके सडक खण्ड, तमोर करीडोरको केहि स्थान अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
लगातार परिरहेको वर्षाका कारण तमोर करीडोर सडखण्डमा पर्ने साँवा खोलामा आएको बाढीको कारण एउटा यात्रुबाहक बस साँवा खोलामा रोकिएको प्रहरीले बताएको छ । बसमा करीब ३०,३५ जना यात्रु सवार रहेको जनाइएको छ । यात्रुहरुलाई नजिक रहेको दुईवटा घर र एउटा गोठमा बस्ने व्यवस्था मिलाउदै गरेको जिल्ला प्रहरी कार्याल पाँचथरका सुचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । सडक नजिक अन्य घरहरु नहुदाँ समस्या परेको प्रहरीले बताएको छ ।
सोमबारदेखि हावाहुरीसँगै आएको परेको अविरल वर्षाले जिल्लामा लगाइएको धानबालीमा क्षति गरेको छ ।
हावाहुरीले पाक्न लागेको धान लडाएको छ भने त्यसमाथि खेतका गरामा डुबान हुँदा क्षति भएको कृषकहरुले बताएका छन् । फूल खेल्दै गरेका धान हावाले लडाउँदा थप क्षति भएको उनीहरुको भनाइ छ । पाँचथरमा यो वर्ष ९ हजार २ सय हेक्टर क्षेत्रमा धान रोपाइँ भएको थियो