पाँचथर । फिदिममा आज पाँचथर गजल मञ्चका अध्यक्ष संदेश सुब्बाको सम्झनाको आधिको चर्चा चलेको छ । दुई दशक देखि साहित्यमा कलम चलाएका सन्देश सुब्बा विश्व नेपालि साहित्य महासंघले सन २०१५मा आयोजना गरेको बिश्वब्यापी अनलाइन कबिता प्रतियोगितामा प्रथम भएपछी सन्देश सुब्बाको नाम साहित्यिक नाम बन्न पुगेको हो ।
याङ्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपती राजेन्द्र कुमार जबेगुअको प्रमुख आतिथ्यमा सम्पन्न “सम्झनाको आधि“ गजल संग्रहको चर्चा चलेको हो । वक्तामा पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मी ढुङ्गाना र सह प्राध्यापक कवि मधुराज केरुङ रहेका थिए ।
गजल संग्रह बारे बोल्दै मधुराज केरुङले आसा,भरोसा,दुख,बिद्रोह ,प्रेम,प्रनम,श्रिङ्गार,पृथक पृथक अबिव्यक्ती रहेको यो संग्रह निकै मजबुद र कलात्मक रहेको चर्चा गरेका छन् । गाउँठाउँका स्मुतिहरुको सुगन्ध हरेक हरफमा भेटिएको र पुर्ण काफियाको उपस्थित साथै रतिफ,विन्यासको अत्यन्तै राम्रो प्रयोग भएको उनको भनाइ थियो । थोरै माटोको सुगन्ध पनि मिसाएको भए राम्रो हुने बताएका थिए ।
अर्का वक्ता लक्ष्मी प्रसाद ढुङ्गानाले गजलकार सन्देश सुब्बाको यश अघिको रचनाको चर्चा गरेका थिए । वहाँका साहित्य निकै मिठा र सान्दर्भिक भएको उल्लेख गरेका छन् । युवा साहित्यमा जुझारु अब्बल, साहित्यकार साथै जिवनका हरेक रंग इन्द्रेणी जस्तै आँसु,हासो,अन्य अनुभुतिको समिश्रण भएको चर्चा गरेका हुन । उनी भन्छन गजलमा श्रिङ्गार हुन जरुरी छ । सन्देश सुब्बाको साहित्यमा श्रिङ्गार भेटिन्छ । यो संग्रहमा सामाजिक वर्ण,शोषण,बिद्रोहलाई पनि हार्दिक रुपमा पनि बिरोध गर्न सकिने ज्वलन्त उदाहरण बन्न सक्ने देखिएको छ ।शब्द विन्यास अत्यन्तै राम्रो रहेको र साहित्यमा शसक्त इटा थपिएको बताएका छन् ।
महिला साहित्यकार मिना राईले शुभकामना दिएकी थिइन । चर्चा कार्यक्रमका प्रमुख अतिथी राजेन्द्र कुमार जवेगुले साहित्यलाइ मौलिक बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रम लाई समापन गर्दै पाँचथर साहित्य मञ्चका अध्यक्ष तथा यस गजल संग्रहका लेखक सन्देश सुब्बाले गजल आयातकार,बाहिरबाट आएको मानिन्छ,यसलाइ आफनै भाषा,मातृभाषा,वान्तवा,तामाङ,याङ्थुङ र नेपाली भाषामा मौलिक तर्फ उन्मुख हुनुपर्ने बताएका छन् । साथै यस पुस्तक बिक्रिपछि संकलन रकमले मनबहादुर लिम्बू र पृथमाया लिम्बू साहित्य पुरस्कार अक्षयकोष स्थापना गर्ने घोषणा समेत गरेका थिए । साथै अभिलेख पुस्तक पनि निकाल्ने बताएका छन् ।
के छ सम्झनाको आघी भित्र ?
सन्देश सुब्बा पाँचथरका रैथाने हुन् । जुन जुन सांस्कृतिक परिवेशमा हुर्के त्यही परिधिमा रहेर आफ्ना जिवनका भोगाइ र वैसको रमाइला पक्षलाइ गजलका शिर्जना गरेको पाइन्छ । आफ्नो नाममा २ वटा रदिफमा सुन्दर गजल जन्माएको भेटिन्छ ।
कथित उपल्लो र तल्लो जातको दरार विरुद्ध गजल स्तम्भ खडा गरिएको छ । गजलकारले देखेको समाज संबेदना दलिएको तितो यथार्थ उजार गरेको पाइन्छ । शासक निरङ्कुश हुन्छ न्याय माग्दा आँप झारे झै शासकले सपुतलाइ मार्ने गरेको गजलको शेर बनेको छ । लिम्बू मातृभाषाको सुगन्ध पाइएकोले मातृभाषा नबुझ्नेलाइ शब्दार्थ गजलको पुछारमा लेखेर सरकृत गर्न खोजिएको छ ।
७० पुष्टको संग्रहको विट्यौनिमा विभिन्न व्यक्तिहरुको भनाइलाई स्थान दिइएको छ । निम्वल पब्लिकेसन्सको प्रकाशन रहेको यो संग्रह प्रेम,बिद्रोह,सामाजिक परिवेशको परिदृश्री,उत्पिडित राष्ट्रियताहरुको सिमान्कृत आवाजलाई गजलमा उनेका छन् ।एकै किसिमको भावनालाइ बेग्ला बेग्लै गजलमा लेख्न सक्ने गजलकारको रुपमा सन्देश सुब्बाले आफ्नो परिचय बनाउदै छन् ।