फिदिम । निकै लामाे प्रयास पछि तुम्बेवा गाउँपालीकाकाे कांग्रेस सभापतिमा बाबुराम खड्का सहमतिमा सभापति चुनिएका छन् । कांग्रेस नेताहरूकाे लामाे प्रयास पछि सहमतिकाे प्रयास अनुसार सहमति जुटेकाे कांग्रेस स्राेतले जानकारि दिएकाे छ ।
पालिका अधिबेशनकाे खुल्ला सत्र पछि दिलेन्द्र शेर्मा र बाबुराम खड्का बिच सहमति भए पछि सर्वसहमतिमा नृतृत्व चुनिएकाे हाे । बाबुराम खड्का तरूण दल पाँचथरका जिल्ला उपाध्यक्ष समेत हुन् । अरू पदमा पनि सर्वसहमती गरिने प्रयास हुदै गरेकाे बताईएकाे छ ।