पाँचथर । पाँचथरमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापनामा भैरहेका कार्यक्रमबारे छलफल भएको छ । जिल्लामा असोज ६ गते करुणा फाउन्डेसनले पत्रकार तथा गैसस सँग अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको हो ।
करुणा फाउन्डेसनका अजित योञ्जनको अध्यक्षता र जिल्ला समन्वयका प्रमुख बिमल सापकोटाको प्रमुख आतिथ्यतामासम्पन्न भएको हो । प्रदेश सरकारकै कार्यक्रम रहेपनी करुणा फाउन्डेसनले प्राबिधिक,आर्थिक सहयोग गरेको हो ।
भाबी योजनाका बिषयमा बोल्दै करुणा फाउन्डेसनका संयोजक केदार भण्डारीले करुणा फाउन्डेसनले गरेका कामको बारे बताएका थिए । करुणा फाउन्डेसनको अवधी ३ बर्षको रहेको छ । अहिलेसम्म २० जनाले औषधि उपचार पाईसकेका छन् भने ५४ स्थानमा सिविर चलाईसकेको र अहिले सम्म १ हजार ९९ सय जना कार्डबाट लावान्वित भएका छन् । साथै सहयोग सामग्रीमा सेतो स्टिक,हूइलचियर,बैसाखी,कान सुन्ने मेसिन,क्र््ित्रिम हात तथा खुटट बितरण गरिसकेको छ ।
अबका बर्षहरुमा सबै गाँउपालिकामा फिजियोथेरापि सञ्चालन गर्ने,प्रसुति भिडियो एक्रे तालिम ,नव दम्पतिलाई शुभकामना कार्ड बितरण गर्ने नगरपालिका र ७ वटै गाँउपालिकामा कार्यक्रम गर्ने जानकारी गराएका थिए ।
अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गिरिराज बास्कोटाले जिल्लामा करुणा फाउन्डेसनले २०७६ साल बाट कार्यक्रम शुरुगरेको भएता पनि उलेख्य भुमिका नदेखिएको थियो र यस्ता छलफलले हुन आवश्यक रहेको बताए ।
जिल्ला समन्वय प्रमुख बिमल सापकोटाले आगामि दिनमा यसको व्यवस्थापनमा सहयोग गर्ने बताएका छन् ।
जन्मजात अपाङ्ग र जन्मपश्चात अपाङ भएका व्यतिको स्वास्थ सुधार,अपाङग भएका ब्यत्तिको शैक्षिक स्तर बढाउने काममा समेत फाउन्डेसन लागिपरेको करुणा फाउन्डेनका अजित योञ्जनले बताएका थिए ।