मानिसका सबै भाव मध्ये प्रेमको भाव सबै भन्दा रोमान्चक अनि सन्तोषजनक हुन्छ । जब मानिस आँफुले प्रेम गरेको मान्छे बाट छुट्टिनु पर्ने हुन्छ तब मानिस अन्त्यन्तै पिडा महसुस गर्छ । चाहे उसको मृत्यु पछी जिन्दगीलाई अघि बढाउन होस् या पुरानो सम्बन्धलाई छोडेर अगाडी बढ्न किन नहोस्, यस्तो पल हरेक मानिसका लागि धेरै पीडादायी हुनेगर्छ । जुन छुटी सकेको छ, त्यसप्रति दुख प्रकट गरेर समको उपचारात्मक गुणलाई स्विकार्नु नै यस्तो अवस्थामा अन्तिम विकल्प रहन्छ । यस्तो अवस्थामा आफ्नो भावनात्मक सीमालाई नाघेर आफुलाई अस्तव्यस्त बनाउन हुँदैन।

आफ्नो दुखलाई स्वीकार गर्नुहोस् । त्यो सम्बन्ध अब सकीइ सकेको छ । त्यसैले अब यस्तो सोच्नुहोस्, जस्तो तपाईं कसैको मृत्यु हुँदा सोच्नुहुन्छ । तपाइँ आफ्नो नोक्सानलाइ महसुस गर्न सक्नुहुन्छ। तर भावानामा अत्याधिक नडुबिकन अनि त्यसैमा नहाराइकन आफ्नो पीडाका लहरहरुमा भिज्ने कोशिस गर्नुहोस् । पिडा पनि ठिक हुनुको हिस्सा हो, भनेर बुझनुहोस् । चाहे तपाइँको पिडा कसैले बुझ्न नसकुन तरपनि तपाइँ आफ्नो पिडालाइ स्वीकार गर्नुहोस् । जब तपाइँ निराश महसुस गर्नुहुन्छ तब एकपल लिनुहोस् अनि मनमनै भन्नुहोस् “आज म दुखि छु, तर केहि छैन, हालत ठिक हुनेछ ।” अरु संग आफ्ना पीडाहरु बाड्नुहोस् । चाहे तपाइँ ओरिपरिका मान्छेले तपाइँको भावानाको गहिराइ नबुझुन्, तर पनि तपाइँ आफ्ना केहि मान्छेहरु संग आफ्नो पिडा सुनाउन नहीचकिचाउनु होस् ।

यदि तपाइँ जरुरत महसुस गर्नु हुन्छ भने प्रोफेसनल मान्छेहरुको मद्दत पनि लिन सक्नुहुन्छ । यदि तपाइँलाइ लाग्छ कि, “तपाइँका लागि यी पीडाहरु असैह्य छन् अनि तपाइँ आपत्तिजनक ब्यबहार गर्न थाल्नु भएको छ” भने तपाइँ यस्तो अवस्थामा चिकित्सकको मद्दत लिन सक्नुहुन्छ । मानसिक चिकित्सक संगको कुराकानीले आफ्नो दुखलाई कसरि सम्हाल्न सकिन्छ भनेर सिक्न सकिन्छ । पिडामुक्त हुनको लागि हतार नगर्नुहोस् । पुरानो भनाइ छ कि, समयले सबै घाउ ठिक पार्छ । हुनपनि भावनाको सामाना गर्दै समयलाई घाउ पुर्ने समय दिनाले बिस्तारै पीडाहरु भरिन थाल्छन् । हामि जव पीडाबाट चाडै निस्कनका लागि हतार गर्न थाल्छौँ तब झनै तनाब अनि पिडा लम्बिएर जान्छ । त्यसैले आफ्नो पीडालाई स्वीकार गर्नुहोस् अनि हतार नगर्नुहोस् ।

एकपटकमा मात्र एकदिन सोचेर चल्नुहोस् । समयको पहाडलाई तोड्नुहोस् अनि त्यसलाई टुक्राहरुमा बाँड्नुहोस् । यसरि समयलाई बाँड्दा तपाइंको पिडा पनि बाडिन्छ केहि हद सम्म । साना उपलब्धिहरुमा खुशी हुनुहोस् । तब पनि तपाइँ पिडा महसुस त गर्नुहुन्छ तर बिस्तारै तपाइँ पिडा केहि कम भएको पाउनुहुनेछ । आँफुलाई सकारात्मक कुरा सोच्न प्रेरित गर्नुहोस् । जब तपाइँमा नकारात्मक भावना आउछ तब आफ्नो बिचारलाइ कुनै सकारात्मक अनि फाइदाजनक कुरा तिर मोड्नुहोस् । उचित तरिकाले आफ्नो सम्बन्धको मुल्यांकन गर्नुहोस् । छुटी सकेको मान्छेलाई अति धेरै सम्मान नदिनुहोस् । यसो गरेर तपाइँ अगाडी बढ्न सक्नुहुन्न । सम्झनुहोस् कि, ऊ तपाईंको लागि उपयुक्त थिएन, यदि हुन्थ्यो भने तपाइँहरु यसरि छुट्नु पर्ने थिएन । सम्बन्धका कमजोरीहरु पनि याद गर्नुहोस् । यसलाई तपाइँलाइ अघि बढ्न प्रेरित गर्छ ।

आफ्नो आतितमा गएरा रमाइलो पलहरुमा हराउनु गलत हैन । तर यथार्थवादी भने बन्नुहोस्, किनकि तपाइँको सम्बन्धमा सबै राम्रा पलहरु मात्र थिएनन् । यी दुवै पक्षको स्मरण अनि मुल्यांकन गर्नुहोस् । सम्बन्ध छुट्नुको कारण पत्ता लगाएर त्यसको विश्लेषण गर्नुहोस् । तपाइँ यसरि पिडामा पर्नुको कारण पत्ता लगाउनाले तपाइँलाइ यस अवस्थाबाट निस्किन मद्दत मिल्न सक्छ । यसको मतलब यो होइन कि, त्यसमा गल्ति उसको होस् । चाहे गल्ति तपाईं कै किन नहोस्, यो पत्ता लगाउँदा तपाइँलाइ भविष्यमा अर्को सम्बन्ध जोगाउन पनि सहयोग मिल्नेछ ।

आफ्ना आफन्त अनि प्रियजनहरु संग भेटघाट गर्न थाल्नुहोस् । सबैजना खराब छन् भनेर सोच्नु भन्दा जसले तपाइँलाइ महत्व दिन्छ, साथ् दिन्छ, स्नेह गर्छ उसको बारेमा सोच्नुहोस्। उनीहरुका लागि समय दिनुहोस्। घुम्नुहोस, उपहार दिनुहोस्। तपाईं आफै पहल गरेर उनीहरु संग अझै नजिक हुनुहोस्। आफ्नो खालि ठाउँ भर्नको लागि साथीभाई र परिवार जरुर तपाइंको साथमा हुनेछन। याद राख्नुहोस् कि संसारमा सबैजना खराब हुदैनन्, सबैले ढोका दिदैनन्, यस्ता मान्छे पनि तपाइँ ओरिपरी हुन्छन, जसले तपाइंको भलो चाहन्छ अनि सधैँ तपाईंलाइ साथ् दिन तत्पर रहन्छ।