विराटनगर विराटनगर । भोजपुर षडानन्द नगरपालिका -९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । । भोजपुर षडानन्द नगरपालिका -९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् ।
शनिबार बिहान साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेका थिए ।त्यसलगत्तै आफूले पनि घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।प्रहरीका अनुसार घटनास्थलमा आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ बर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए ।
स्थानीयबासी घटनास्थलमा पुग्दा ईन्द्रकला राईको मृत्यु भई सकेको र उनको पतिलाई खोजी गर्दा झुन्डिएको अवस्थामा शव फेला परेका थिए ।
घटनास्थलको ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।