फिदिम । जुना बेघा राई सहयोग संकलन अभियान युकेले संकलन गरेको १५ लाख ४ हजार १ सय ३३ रुपैयाँ ४० पैसा सहयोग रमक याङवरक गाउँपालिका ३ की शारीरिक असक्तता भएकी जुना बेघा राईलाई हस्तारण गरेको छ ।
सोमबार सदरमुकाम फिदिम वजारमा सहयोग हस्तान्तरण गरिएको हो ।
अभियानको तर्फवाट पाँचथर समाज सेवा बेलायतका उपाध्यक्ष सन्तबीर नेम्बाङ र अभियानकी सदस्य सकुन्तला नेम्बाङको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगूले उक्त सहयोग रकम सहयोग रकम हस्तान्तरण गरेका थिए ।
दुवै खुट्टा नभएकी जुनाको साथमा श्रीमान, दुई छोरीहरु रहेका छन् । पाँच र दुई वर्षका दुई छोरीहरुको पठन पाठनका लागि नेपाल बैंक लिमिटेडमा शाखा कार्यालय फिदिम पाँचथरमा मुद्दती खाता खोली दुवै जनाको नाममा ७ लाखका दरले रकम जम्मा गरिएको अभियानकी सदस्य सकुन्तला नेम्बाङले जानकारी दिइन् । बाँकी रकम चालु शैक्षिक सत्रमा खर्च गरिने बताइएको छ । मुद्दती खातामा राखिएको साँवा रकमवाट आउने व्याजले नानीहरुको पठन पाठनमा सहयोग पुगोस भन्ने हेतुले अभियान सञ्चालन गरी सहयोग हस्तान्तरण गरिएको पाँचथर समाज सेवा बेलायतका उपाध्यक्ष नेम्बाङले जानकारी दिए ।
शारीरिक असक्तता भएकी जुनु बेघा राईलाई सहयोग हस्तान्तरण
शारीरिक असक्तता भएकी जुनु बेघा राईलाई सहयोग हस्तान्तरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस