फिदिम । पाँचथरमा लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । साेमवार ७० जनाकाे एन्टिजेन परिक्षण गर्दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार दुई सय ८९ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये दुई हजार छ सय २५ जना निको भएका छन ।
२९ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १८ जना एचडयिुमा उपचारत रहेकाे र ५९७ जना होम आइसुलेसनमा बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । साेमवार काेराेना संक्रमणकाे कारण एक जनाकाे ज्यान गएकाे जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । काेराेना संक्रमणकाे कारण पाँचथरमा हाल सम्म १६ जनाकाे ज्यान गएकाे जिल्ला प्रसाशन कार्यालय पाँचथरले जनाएको छ
पाँचथरमा साेमवार २८ जना काेराेना संक्रमित थपिए , एक जनाकाे मृत्यु, जम्मा परिक्षण ७० जना
पाँचथरमा साेमवार २८ जना काेराेना संक्रमित थपिए , एक जनाकाे मृत्यु, जम्मा परिक्षण ७० जना

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस