पाँचथर । कोरोना कहरका कारण सञ्चार क्षेत्र प्रभावित भइरहको अवस्थामा अब गर्नु पर्ने काम र भुमिकाका बारे पाँचथर फिदिममा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएके छ । प्रदेशिक सञ्चार प्रतिष्ठान १ नम्बर प्रदेशले गरेको उक्त कार्यक्रममा जिल्लाका पत्रकार तथा सञ्चार माध्यमले भोग्नु परिरहेका समस्याका बारे छलफल भएके थियो ।
कार्यक्रममा बोल्दै १ नम्बर प्रदेश सरकारका आन्तरिकमामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्र पौडेलले सरकारले पत्रकार र सञ्चार संस्थालाइ सकेसम्म सहयेग गर्ने बताएकाथिए ।
प्रादेशिक संचार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माका अनुसार प्रतिष्ठानले फेलोसिफ, तालिम लगायतका कार्यक्रम अघि बढाइने छ । आगामी बर्षमा प्रत्येक तिन महिनामा लेखनवृत कार्यक्रम संचालन गरि पत्रकारको क्षमता अभिवृददी गराउने प्रतिष्ठानले जनाएको छ
कार्यक्रममा सहभागी बाट संचार क्षेत्रमा देखिएका समस्या को सुझाब संकलन गरिएको थियो । आन्तरिकमामिला तथा कानुन मन्त्रालयका सचिव पौडेल, निर्देशक शर्मा र प्रतिस्ठान का बोर्ड सदस्य गोपाल काफ्लेको उपस्थितिमा पत्रकार महासंघ प्रदेश नम्बर १ का उपाध्यक्ष लवदेव ढुंगानाले १ नम्बर प्रदेशका पत्रकारको समस्या प्रस्तुत गरेका थिए ।
उपस्थित रहेका संचारकर्मी बाट संचार क्षेत्रको सम्भावित समस्या र आगागी दिनमा प्रतिष्ठानले गर्नु पर्ने कामका बारे नेपाल पत्रकार महासंघ शाखा पाँचथरका अध्यक्ष गिरिराज बास्कोटाले प्रष्ट पारेका थिए । पेशागत चुनौति बढेको बताएका बाँस्कोटाले बद्लिदो समय सुहाउदो कार्यक्रम अघि सार्न प्रतिष्ठानलाइ सुझाव दिए ।
यसैविच प्रतिष्ठानले कोरोनाका कारण ज्यान गुमाएका नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको परिवारलाई ५० हजारको चेक हस्तान्तरण गरेको छ । सचिव पौडेल र निर्देशक शर्माले स्व.भण्डारी पत्नी शर्मिला दाहाल भण्डारीलाई चेक प्रदान गरेका हुन् । यसअघि प्रतिष्ठानले कोरोनाकै कारण ज्यान गुमाएका पत्रकार चन्द्र न्यौपानेको परिवारलाई पनि चेक हस्तान्तरण गरेको थियो ।
प्रतिष्ठानले कोरोना संक्रमित भइ अस्पतालमा उपचार गराएका पत्रकारलाई २५ हजार र ज्यान गुमाएकाहरुको परिवारका सदस्यलाई ५० हजारका दरले सहयोग गर्ने निर्णय गरेको थियो ।