पाँचथर । कोरोना संक्रमणको पाँचथर फिदिम १ निवासी ५३ बर्षीय एक पुरुषको शुक्रबार बिहान उपचार गराउन झापा लादै गर्दा बाटोमा मृत्यु भएकाे छ । उनलार्इ जिल्ला अस्पताल इलामले मृत घोषणा गरेको हो । उनलाई असार १२ गते एन्टीजेन परिक्षणमा गर्दा उनमा कोरोना संक्रमण पुष्टी भएको थियो । अस्थायी काेभिड अस्पताल पाँचथरमा उपचार भैररहेका उनको फाेक्साेमा थप समस्या देखिए पछि थप उपचारकाे लागी झापा लैजादै गर्दा निधन भएको पारीवारिक स्रोतले जनाएको छ।