काठमाण्डाै । मौसम पूर्वानुमान महाशाखा का अनुसार आज पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै आज राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
महाशाखाले आज (आइतबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (दिनमा) देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी (ठूलो) वर्षा हुने सम्भावना छ ।
आज पनि धेरै ठाउँमा पानी पर्ने, तीनवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना
आज पनि धेरै ठाउँमा पानी पर्ने, तीनवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस