एजेन्सी । कोलम्बियालाई २-१ गोलअन्तरले पराजित गर्दै ब्राजिलले कोपा अमेरिका फुटबलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ।
बिहीबार बिहान भएको खेलमा रोर्बटो फिरमाने र क्यासिमेरोले एक एक गोल गरे। कोलम्बियाका लागि लुइज डाइजले एक गोल गरे।
डाइजले १०औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। ७८औं मिनेटमा फिर्मिनोको गोलसँगै निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो।
थपिएको अतिरिक्त समयमा क्यासिमिरोले निर्णायक गोल गर्दै ब्राजिलको अपराजित यात्रा कायम राखे।
ब्राजिल ३ खेलबाट ९ अंक जोड्दै समूहको शीर्षमा छ। कोलम्बिया भने ४ खेलमा एक जित, एक बराबरी र दुई हारसहित दोस्रो स्थानमा छ। उसको चार अंक छ।