स्वर्गिय अमर नेम्बाङ स्मृती साहित्यिक सम्मान बरिष्ठ साहित्यकार कृष्ण धाराबासी र कवि स्वप्निल स्मृतीलाई प्रदान गरिएको छ । अमर नेम्बाङ स्मृती प्रतिष्ठानले पाँचथर सदरमुकाममा फिदिममा जनही पचास हजार रूपैँया सहित सम्मान गरेको हो । दुबै जनाको जन्म थलो पाँचथर हो । फाल्गुनन्द गाँउपालीकाका तत्कालिन अध्यक्ष साहित्यकार अमर नेम्बाङको छैटौं स्मृतीदिवसमा यो पुरस्कार प्रदान गरिएको हो । हरेक बर्ष स्मृतीदिवसमा दुई जना साहित्यकारलाई सम्मान गरिदै आएको प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले जानकारी दिए । यस अघि यो पुरस्कार देवि क्षेत्री दुलाल, मुनराज शेर्मा, प्रा।डा गोविन्दराज भट्टराई, विर नेम्बाङ, विना थिङ शारदा सुब्वा, श्रवण मुकारुङ, प्रेम ओझा, विमला तुम्खेवा र गिरिराज बाँस्कोटालाई प्रदान गरिएको थियो ।
स्मृति दिवसमा बाढि पहिरोबाट मृत्यु तथा बेपत्ता भएका १४ परिवार, बम विस्फोटमा ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको थिए । उनीहरुलाई दश हजार दरले राहत प्रदान गरिएको थियो । कक्षा ११ मा अध्यनरत अन्जना चेम्जोङलाई जेहेन्दार विद्यार्थीको रुपमा १५ हजाररुपैयाको छात्रवृत्ति प्रदान गरिएको छ ।
बाढि पहिरोको बेला राहतमा सक्रिय रहेको भन्दै साहारा पाँचथरलाइ ५० हजार रूपैँया प्रोत्साहन स्वरूप प्रदान गरीएको छ ।