पाँचथर । २०७५ सालबाट निरन्तरता गुमाएको पाँचथरको सबै भन्दा पुरानो प्रतियोगिता फाल्गुनन्द गोल्कपको ११ औं संस्करण पुस ६ गतेबाट आयोजना हुने आयोजक फिदिम स्र्पोटिङ क्लबले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।शनिबार सदमुकाम फिदिममा पत्रकार सम्मेलन आयोजना गरि आयोजकले प्रतियोगिताको बारेमा जानकारी दिएका हुन ।
२०६५ सालबाट १६ औं राष्ट्रिय विभुति फाल्गुनन्दको नाममा सूरु भएको प्रतियोगिता २०७५ साल दशैं संस्करण सम्पन्न भएको गोल्डकपले निरन्तरता गुमाएको थियो । कोभिडका कारण निरन्तरता गुमाएको प्रतियोगितालाई आयोजक फिदिम स्र्पोटिङ क्लबले ६ वर्ष पछि ११ औं संस्करण गर्न लागेका हुन् ।
११ औं संस्करणको बिजेताले ५ लाख ५५ हजार र उपबिजेताले २ लाख २५ हजार प्राप्त गर्ने बताइएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एकथान मोटरसाइकल प्राप्त गर्ने छन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार प्राप्त गर्ने छन् ।फिदिम माध्यमिक विद्यालयको खेलमैदान सञ्चालन हुने प्रतियोगितामा ए डिभिजनका ४ क्लब, बि डिभिजनका बागमती युथ क्लब र आर.सि ३२ र मौफसलका झापा, मोरङ, सुनसरि लगायतका १० क्लब सहभागि गराउने तयारी भएको क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।
७३ लाख ७५ हजारमा प्रतियोगिता सम्पन्न गर्ने आयोजकको तयारी छ । प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुनेछ । दशैं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि झापा ११ले जितेको थियो ।