पाँचथर । फिदिममा जारी १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिततमा फिदिम नगरपालिकाले दमदार सुरुआत गरेको छ । पाँचथरका ८ स्थानीय तहका विभिन्न विद्यालयका ६ सय ११ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको दोश्रो दिन मंगलबार फिदिम नगरपालिका २४ स्वर्ण, १५ रजत र ७ कास्यपद पदक जित्दै शिर्ष स्थानमा रहदा याङवरक गाउपालिकाले १७ स्वर्ण, १५ रजत र १० कास्य पदक जितेको छ ।
फालेलुङ गाउँपालिकाले ५ स्वर्ण,३ रजत र ३ कास्य पदक जितेको छ । मिक्लाजुङ गाँउपालिकाले ३ स्वर्ण, ७ रजत र १० कास्य पदक जितेको छ । हिलिहाङ गाउँपालिकाले २ स्वर्ण, १० रजत र ५ कास्य पदक जितेको छ । फाल्गुनन्द गाउँपालिकाले ३ स्वर्ण, २ रजत र ४ कास्य पदक जितेको छ । यस्तै,कुम्मायक गाउँपालिकाले २ स्वर्ण, ३ रजत जितेको छ ।
तुम्बेवा गाउँपालिकाले अझै स्वर्णजित्न सकेको छैन् । तुम्बेवाले २ रजत र १ कास्य पदक मात्र जित्न सक्यो । प्रतियोगितामा पाँचथरका ८ स्थानीय तहका विभिन्न विद्यालयका ६ सय ११ जना विद्यार्थी सहभागी छन्।
प्रतियोगितामा सबै भन्दा धेरै फिदिम नगरपालिका र याङवरक गाउँपालिकाबाट समान १ सय १० जना विद्यार्थीहरु सहभागि हुदैछन् । यस्तै,फाल्गुनन्दबाट ८०,कुम्मायकबाट ८०,मिक्लाजुङबाट ८८,तुम्बेवाबाट ४९,हिलिहाङबाट ५८ र सबै भन्दा कम फालेलुङबाट ३६ जना विद्यार्थीहरु सहभागि हुने जिल्ला खेलकुद विकास समितीले जनाएको छ ।
६ सय ११ जना विद्यार्थीहरु १ सय १० स्वणर्को लागी प्रतिस्पर्धा गर्ने छन् ।प्रतियोगितामा १ सय १० रजत र १ सय ४६ कास्य पदकको लागी प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिती पाँचथरले जनाएको छ । स्थानीय स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने छन्।
प्रतियोगितामा भलिबल,कबड्डी, एथ्लेट्रिक,कराँते,तेक्वान्दो र उस्सु विधामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए। सबै खेलहरु छात्र र छात्राहरुको छुटाछुट्टै प्रतिस्पर्धा हुने छ ।
फाल्गुण ३० गते सम्म फिदिम माबिको खेलमैदानमा सञ्चालन हुनेछ । जिल्ला स्तरीय खेल प्रतियोगितामा प्रथम हुन सफल खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने खेलकुद समितिले जनाएको छ।
हेर्नुहाेस तालीका