पाँचथर । यसै साता सुरु हुने चौथो पाँचथर गोल्डकपमा दर्शकले समेत पुरस्कार जित्ने भनेर आयोजकले विज्ञापन गरिरहेका छन् । धेरै फुटबलप्रेमीहरुलाई दर्शकले कसरी पुरस्कार जित्ने ? भन्ने जिज्ञसा समेत सुरु भएको छ ।
पाँचथर क्लबको आयोजनामा फागुन १२ गते सुरु हुने प्रतियोगितामा सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) हुने दर्शकलेले नगद पुरस्कार पाउने घोषणा आयोजकले गरेका छन् । सुटआउट हिरो लाइ सबै भन्दा पहिला आयोजकले तोकोको मुल्यमा टिकट किन्नु पर्ने हुन्छ । तपाईँले टिकट किन्दा आयोजले टिकटको अर्धकट्टि राखेका हुन्छन् । त्यो अर्धकट्टि तपाईले किन्नु भएको टिकट नम्बर उल्लेख हुन्छ । खेल सुरु हुने बेलामा त्यो दिन बिक्री भएका टिकटहरु अर्धकट्टिहरुलाई भेला पारेर आयोजकले गोलाप्रथा गर्नेछन् । गोलाप्रथाबाट तपाईको टिकटको नम्बर पर्यो भने तपाईले खेलमैदानको बिचबाट खाली पोष्टमा गोल हान्न पाउनु हुनेछ । यदि तपाईले खेलमैदानको बिचबाट गोल गर्न सक्नु भयो भने सुटआउट हिरोको पुरस्कार जित्नु हुनेछ ।
दर्शकले जित्ने अर्को पुरस्कार फ्यान अफ दि म्याच हो । फ्यान अफ दि म्याचको पुरस्कार जित्नलाइ तपाईले कुनै टिमको समर्थन गर्दा मैदानमा भएका अरु दर्शकहरुले भन्दा फरक तरिकाले (फरक शैलीमा ) , सबैको ध्यान तान्ने गरि समर्थन गर्नु भयो सबैको नजर तपाई तर्फ पर्यो भने तपाईले फ्यान अफ दि म्याचको पुरस्कार जित्नु हुनेछ ।
१२ गतेबाट सुरु हुने प्रतियोगितामा ए डिभिजन टोली त्रिभुवन आर्मी क्लबसहित ८ टोलीले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताको विजेता टोलीले ५ लाख ५ हजार, दोस्रोले २ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा फागुन १३ गते झापा ११ फुटबल क्लब झापा र रेडहर्स फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुने छ । फाल्गुन १४ गते बाग्मती युथ क्लब सर्लाहीले पथरी ११ फुटबल क्लब मोरङको सामना गर्नेछ ।
फागुन १५ गते भारतको हिल्स फुटबल एकेडेकी र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । फागुन १६ र १७ गते सेमिफाइनल तथा फागुन १९ गते फाइनल हुनेछ । हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले समान १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले र सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) ले समान २ हजार ५ सय प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक विमा गरिएको आयोजकले जनाएको छ ।