पाँचथर । पाँचथरमा फागुन ९ देखि ११ गतेसम्म कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक खेलकुद विकास समिती पाँचथरले जनाएको छ । मंगलबार खेलकुद विकास समिति पाँचथरले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएको हो ।
जिल्ला खेलकुद विकास समिति पाँचथरको समन्वय र कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने प्रतियोगिता ुनेछ । प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सहित खुल्ला भेट्रान्स प्रतियोगिता पनि हुने छ । प्रतियोगिताका खेलहरु जिल्ला समन्वय समिती पाँचथरको कवर्डहलमा संचालन हुनेछ । प्रतियोगितामा मेन्स डबल, मेन्स सिंगल, विमेन डबल, विमेन सिंगल र मिक्स डबलका खेलहरु हुने जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए । प्रतियोगितामा कोशी प्रदेशका १४ वटा जिल्लाको ६८ जना खेलाडीहरुको सहभागिता रहने छ ।
प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका बिजेताले ट्रफि,मेडल सहित नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फ ४५ वर्ष माथि र दुइ जना खेलाडीको उमेर जोड्दा १०० वर्ष माथि गरि दुई विधाको खेल हुने आयोजकले जनाएका छन् । । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका बिजेताले ३० हजार र उपबिजेताले १५ हजार प्राप्त गर्ने छन् ।
आगामी फाल्गुन २४ गते देखि हेटौडामा हुने अन्तर प्रदेश स्तरीय प्रतियोगिताको खेलाडी छनोट समेत यसै प्रतियोगिताबाट गरिने मोक्तानले जानकारी दिए । प्रतियोगितालाइ फिदिम नगरपालिकाले समेत आर्थिक सहयोग गरेको छ । प्रतियोगितामा प्राबिधिक सहयोग जिल्ला ब्याटमिन्टन संघले गर्ने छ । प्रतियोगिता सम्पन्न गर्न १८ लाख खर्च हुने आयोजकको अनुमान छ ।
याे पनि पढ्नु हाेस