काठमाडौँ । काेरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूकाे रजिस्ट्रेशन नम्बर परिवर्तन भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूकाे यसअघि कायम भएको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको हो ।
उनीहरूकाे पहिलेको रजिस्ट्रेशन नम्बर परिवर्तन भएर आएको ईपीएस कोरिया शाखाले जनाएको छ।परिवर्तित नयाँ रजिस्ट्रेशन नम्बर फाराम भर्दाको वेबसाइट https://eoers.epsnepal.gov.np मा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने शाखाले जनाएको छ।