पाँचथर । पाँचथरमा छोराले पछाडीबाट धकेल्दा एक ८३ वर्षीय बृद्धको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका १ का ८३ वर्षीय बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
४८ वर्षीय छोरा घनेन्द्र तामाङले घरायासि विषयमा झगडा हुँदा चन्द्र धकेल्दा भित्तामा ठोकिएर उनको ज्यान गएको प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।
चन्द्रमानसँग अघिल्लो साँझ दुई जना छोराहरु घनेन्द्र र देवेन्द्रसँग विवाद भएको थियो । चन्द्रमानको मृत्युपश्चात् उनका दुवै छोराहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।