पाँचथर– पाँचथरको फिदिम नगरपालीका–७ मा भएको रानीटार गोल्डक फुटबल प्रतियोगिताको उपाधी तमाखे फुटबल क्बलले जितेको छ । भाईटिकाको दिन भएको रोमान्चक फाईनल खेलमा डिएफसि रानीटारलाई हराउदै तमाखेले उपाधि जितेको हो ।
फाईनल खेल निक्कै रोमान्चक भएको थियो । दर्शकको उल्लेख्य उपस्थिति रहेको प्रतियोगितामा दर्शकहरुको हुटिङ निक्कै गुन्जीएको थियो । ३–१ गोल अन्तरले जित निकाल्दै तमाखेले उपाधि चुमेको हो ।
खेलको १८ औँ मिनेटमा तमाखेका खेमराज गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । २१ औँ मिनेटमा रोशन गुरुङले गोल थप्दैँ अग्रता फराकिलो बनाएका थिए । ५१ मिनेटमा डिएफसिका आदर्श गुरुङले गोल फर्काएपनि जितका लागि पर्याप्त भएन । खेलको थप समयमा तमाखेका लुुम्माहिम लिम्बुले गोल थपेका थिए ।
प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी तमाखेका अतित आङ्बो भए । फाईनल खेलको म्यान अफ दि म्याच सुरेश गुरुङ, वेस्ट डिफेन्डर आदर्श गुरुङ, उत्कृष्ट गोलकिपर रुपेश गुरुङ,
त्रिवेणी युवा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेता टिमले ७० हजार रुपैँया नगद र ट्रफि प्राप्त गरेको छ भने उपविजेताले ४० हजार रुपैँया नगद र ट्रफिमा चित्त बुझाएको छ ।
प्रतियोगितामा विजेता, उपविजेता टिम तथा खेलाडीलाई फिदिम नगरपालीकाका प्रमुख मित्रप्रसाद काफ्ले, नेपाली कांग्रेस पाँचथरका निर्वतमान सभापति नरेन्द्रकुमार केरुङ, फिदिम–७ का वार्ड अध्यक्ष रुपेन्द्र तामाङ, फिदिम–८ वार्ड अध्यक्ष सोम गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष ललितमान फेजुङले जानकारी दिए ।
रानीटार गोल्डकपको उपाधी तमाखेलाई
रानीटार गोल्डकपको उपाधी तमाखेलाई
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस