पाँचथर जिल्ला फिदिम नगरपालिकाकाे फिदिम बजार देशभरिका दशाैं नमुना शहर मध्येको एक नमुना शहर हाे।
याे भाैगाेलिक हिसाबले शुन्दर छ ।फिदिम बजारबाट आठ किलोमिटर पश्चिम उत्तर हिडेपछि गर्मि माैसम पाईन्छ भने फिदिमबाट १३ किलाेमिटर दक्षिण पश्चिममा जाडाे माैसम पाईन्छ उपत्यका जस्ताे देखिने फिदिम बजार साच्चै नै सुन्दर छ। फिदिम बजारबाट नजिक फाल्गुनन्दकाे तपाेभुमि समाधिस्थल लब्रेकुटि, सिलाैटि ,शिवमन्दिर ,महादेवथान,सुम्मात्लुङ लगायत धार्मिक तिर्थस्थल रहेका छन्।
फिदिम बजारकाे सुन्दरता सङ्गै विकाश तिव्र गतिमा भईरहेकाे छ।
फिदिम नगरपालिकाकाे मेचि सडक अन्तरगत बजारकाे समर्पित अस्पतालबाट चार खम्बे सम्मकाे १९ सय मिटर सडक चार वटा गाडि कुद्ने भएकाे छ ।सङ्गै भिडभाड हटेकाे छ । बिचमा रहेकाे डिभाईडर विभिन्न रङ्गका फूल धुपि लगायत सडक बत्तिले झनै बजारकाे सुन्दरता बढाएकाे देख्न सकिन्छ सङ्गै फाेहाेर लगाउने डस्विन डिभाईडरकाे छेउ छेउमा देख्न सकिन्छ फिदिम बजार नजिक रहेकाे बिपि पार्कले मानिसकाे मन नै भुल्याउछ फिदिम नगरपालिकाले धेरै समय बन्न नसकेकाे बिपि पार्कलाई दुई आर्थिक बर्षमा नगरपालिकाले २० लाख सहयाेग गरि व्यवस्थित बनाएकाे छ वरिपरि हरियालि असाेका रूख बिचमा महामानव बिपिकाे मुर्ति साच्चै सुन्दर छ बिपि पार्क सङ्गै १५ शैयाकाे पाँचथर अस्पताल रहेकाे छ । सदरमुकामकाे मुख्य सडक मेचि हाईवे केन्द्रित बितिय सस्थालाई पार्किङ व्यवस्थित गर्नकाे लागी फिदिम नगरपालिकाले १ महिनाकाे समय दिएकाे छ ।
फिदिम नगर पालिकाले नगरपालिकाकाे सबै वडामा सुन्दरता बढाउनकाे लागि मदिरा तथा सुर्तिजन्य बस्तुकाे विज्ञापन बाेर्ड हटाईएकाे छ । साथै कुनै पनि खेलकुद अन्य कार्यक्रममा मदिरा र सुर्तिजन्य पदार्थको बिज्ञापन गर्न निशेध गरिएकाे छ ।
विकाश सङ्गै फेरीयो फिदिम बजारको मुहार
विकाश सङ्गै फेरीयो फिदिम बजारको मुहार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस