काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौंडेलले चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेको उद्धार गरिएको छ ।
राष्ट्रपति सवार हेलिकप्टरले भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई थप उपचारका लागि सुर्खेतबाट सँगै काठमाडौं ल्याइएको हो ।राष्ट्रपति पौडेल रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि काठमाडौं फर्किएका हुन् ।
यसअघि राष्ट्रपति पौडेलले जाजरकोटको भेरी नगरपालिका–१ को भूकम्पमा परी घाइते भएकी सितली कामीलाई जिल्ला अस्पतालमा पुगेर भेटेका थिए । बिरामीसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनाका साथै उनले बिरामीको गुनासोसमेत सुनेका थिए ।सितलीको घर निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराइने जानकारी गराउँदै राष्ट्रपति पौडेलले भत्किएका संरचनाको पुनः निर्माण गरिने तर अहिले बाँचेकाहरूको अस्थायी बसोबासको कुरालाई ध्यान दिनुपर्नेमा जोड दिए ।यसैगरी भेरी–३स्थित थाप्लेमा भूकम्पबाट भत्किएको संरचना अवलोकन गरेका राष्ट्रति पौडेलले पहिले आफू उक्त ठाउँमा आएर बसेको स्मरण गर्दै तत्काल यहाँ पुनःनिर्माणको कामलाई तीव्रता दिइने बताए ।
ठाँटीबजारबाट माथिल्लो थाप्लेस्थित भत्किएका घरको बीच बाटो हुँदै भत्किएका घरहरु तथा नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंह भूकम्पमा परी मृत्यु भएको थाप्लेको घरसमेत उनले अवलोकन गरे ।
गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न भन्दै राष्ट्रपति पौडेल मंगलबार जाजरकोट पुगेका हुन् ।
भूकम्पपछि देशको अवस्था प्रतिकूल भएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।
राष्ट्रपतिको हेलिकप्टरबाट भूकम्पका घाइतेलाई काठमाडौं ल्याइयो
राष्ट्रपतिको हेलिकप्टरबाट भूकम्पका घाइतेलाई काठमाडौं ल्याइयो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस