दाङ ।बिहीबार राति १२ बजेतिर प्रहरीको भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
दाङको राप्ती गाउपालिकास्थित लालमटियामा लु अ च ५३३४ नम्बरको भ्यानले भे १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
भ्यानले ठक्कर दिएपछि मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परी अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।