झापा। झापाको अर्जुनधारामा कुटी काट्ने मेसिनबाट करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् । घाइते श्रीमतीलाई बचाउन जाँदा श्रीमानलाई पनि करेन्ट लागेको थियो । अर्जुनधारा नगरपालिका ९ निवासी २४ वर्षीय अमृत रेग्मीको करेन्ट लागेर मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार बुधबार दिउँसो साढे २ बजेतिर आफ्नै घरमा कुटी काट्ने क्रममा २२ वर्षीया ममता रेग्मीलाई पहिले करेन्ट लागेको थियो । करेन्ट लागेको देखेपछि अमृतले श्रीमतीलाई बचाउन जाँदा उनलाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर दम्पती नै घाइते भएका थिए । घाइतेमध्ये अमृतलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी रिजालले बताए । घाइते ममतालाई स्थानीय शङ्कर अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको जनाएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । इलाम नगरपालिका-२ स्थायी घर भएका रेग्मी परिवार केही समयदेखि अस्थायीरूपमा अर्जुनधारा ९ कटहरडाँडामा बसोबास गर्दै आएका थिए ।
श्रीमतीलाई बचाउन जाँदा करेन्ट लागेर श्रीमानको मृत्यु
श्रीमतीलाई बचाउन जाँदा करेन्ट लागेर श्रीमानको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस