पाँचथर । कोशी प्रदेशमा कमल जबेगु सडक पूर्वाधार तथा भौतिक पूर्वाधार मन्त्री सपथ लिएका छन् । एकिकृत समाजबादी पाटीका पाँचथर अध्यक्ष रहेका जबेगु आज मन्त्रीकाे सपथ लिएका हुन् ।
जबेगु यस अघि पनि विना विभागिय मन्त्री बनाइए थिए । पाँचथर १ (१) बाट विजयी भएका जबेगु यस अघि पनि उद्धव थापा नेतृत्वको सरकारमा सहभागी थिए । उनी पनि अदालतले बरखास्त गरेको सरकारमा मन्त्री भएका थिए । जिल्लामा जबेगु इमान्दार नेताका रूपमा परिचित छन् ।
जबेगु एमालेबाट बिद्रोह गरेर एकिकृत समाजबादी पाटीका पाँचथर अध्यक्ष भएका हुन् । एमाले पाँचथरको सातौं अधिवेशनमा राजकुमार भण्डारी र कमल जबेगु जिल्ला अध्यक्षको लागि लडेका थिए । त्यतिबेला जबेगुलाई सात मतले पछि पार्दै भण्डारीले एमाले पाँचथरको नेतृत्व गरेका थिए ।
प्रदेश सभाको चुनाबमा उनै राजकुमार भण्डारीलाई हराउदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका जबेगु आज मन्त्री नियुक्त भएका हुन् ।