पाँचथर । मेची राजमार्ग अन्तर्गत हेवा खोलामा यातायात सुचारु भएको छ । अस्थायी डाइबर्सन बनाएर यातायात सूचारु भएको छ । पटक पटक डाइबर्सन बनाएर यातायात सञ्चालनको प्रयास गरिए पनि बाढीले यातायात अबरुद्ध रहदै आएको थियो । असार २ गते राति बाढीले हेवाँखोला पुल बगाए पछि मेची राजमार्ग अन्तर्गत हेवा खोलामा यातायात पुणर् रुपमा अबरुद्ध रहेको थियो ।
पुल बगाएको १० दिन पछि डाइबर्सन बनाएर यातायात पहिलो पटक सञ्चालन गरिएको थियो । २४ घन्टा नबित्दै डाइबर्सन बगाएको थियो । त्यस पछि पनि पटक पटक डाइबर्सन मार्फत यातायात सञ्चालनको प्रयास भएको थियो ।
आइतबार पुःन डाइबर्सन बनाएर यातायात सूचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिबडाले जानकारी दिए । डाइबर्सन निर्माणको कार्य सकिए पछि ताप्लेजुङ तर्फ जाने गाडीहरु ताप्लेजुङ तर्फ प्रस्थान गर्दै छन् ।
अब एक सातामा बेलीब्रिज सञ्चालनमा आउने बताइएको छ ।