दिपक बोहोरा । आगामी आर्थिक वर्षका लागि पाँचथर जिल्लाले ३ अर्ब १२ करोड ५३ लाख रुपियाँ बजेट पाउने भएको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान स्थानीय तहलाई हस्तान्तरण गर्छ ।
जेठ १५ गते अर्थमन्त्री डा. प्रकाश शरण महतले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/ ८१ को बजेटमा जिल्लाका ८ स्थानीय निकायलाई संघीय सरकारले ३ अर्ब १२ करोड ५३ लाख बजेट विनियोजन गरेको हो ।
जिल्लामा सबैभन्दा बढी बजेट फिदिम नगरपालिकाले पाउने भएको छ भने सबैभन्दा कम कुम्मायक गाउँपालिकाले पाउने भएको छ ।
कुन पालिकाको कति ?