सरला रेग्मी,सुनसरी । वरिपरि गुराँसका वनको सुन्दरतासँग मीत गास्दै सेता हिमालले शुभ प्रभातका संकेतको मिठो स्पर्श गर्दै पुग्न सकिन्छ दोलखा जिल्लाको प्रसिद्ध मन्दिर कालिञ्चोक भगवती । लाग्छ हिमाल,पाखा पहाड अनि पखेरा र खोल्सिले मीत गासेका छन् । चुच्चो पडाडमा धार्मिक कुण्डको आस्था मात्र होइन,अचम्मित भएर बिश्वास गर्न मन लाग्छ । हुन त धर्म बिश्वास न हो ।
हिउँदमा पानी जम्ने यो स्थान तर यस मन्दिरमा परिषद्को कुण्डमा जल नजम्ने स्थानिय बताउछन् । बडेमानको त्रिशुल, वरिपरि झुन्डिएका घण्टले कुनै कलाकारले काल्पनिक ढङ्गबाट बनाएको सुन्दर दृश्य झै लाग्छ। चिसो सिरेटोको छुवाइले मन आनन्दीत हुन्छ । यस्तै दृश्य देखेर नै होला स्वर्गको कल्पना भएको हुनुपर्छ ।
साना टुपुक्क परेका गाउँ,आगन्तुक पर्खिएर होला कुरि बजार बाट प्रसिद्ध भएको ।
दोलखा जिल्लाको प्रसिद्ध धार्मिम स्थल हो कालीञ्चोक भगवती। दोलखाको सदरमुकाम चरिकोटबाट गाडिमा १ घण्टामा पुग्न सकिने कालिञ्चोक भगवती मन्दिर धार्मिक तथा प्राकृतिक पर्यटकका लागि रमाइलो गन्तब्य हुन सक्छ ।
हामी पुग्दा हिउँद सकिएपनी वर्षा लाग्नुपुर्वको समय भएर होला आकाश खुलेको थियो । निलाम्मे आकाश, छर्लङ हिमालले आहा १ बोध हुन्छ । सुर्यको पहिलो चुम्मनले निखारिएको हिम श्रंङ्खला छ्याङ उघ्रिएको घमाइलो मौसम तथा मस्तहरियालीले मन लोभ्याउँथ्यो।
यो बेला यहाँ घुम्न आउने पर्यटक कम थिए हिउँ पर्ने सिजन आँउने रहेछन् । हिउँ खेल्न रमाउनेको लागि भने यो सिजन चै होइन रहेछ तर हिउँदमा अत्याधिक चिसो हुने हुँदा यो स्थल जाडो सहन नसक्नेलाई भने उत्तम घुम्ने समय रहेछ।हिमाली, उच्च पहाडी र पहाडी शृंखलामा आकर्षक गन्तव्यहरु छन् । प्राकृतिक, साँस्कृतिक, धार्मिक महत्त्वका स्थानहरुमा घुम्न रमाइलो मात्र हैन आनन्दपनि हासिल हुन सक्छ ।
नेपाल–चीन सीमा क्षेत्रमा रहेका अग्ला होचा एक अर्कासङ टासिएका पहाड थुम्का घुम्नका लागि रोचक छन् ।थुम्किला डाँडा हेर्नका लागि पर्याप्त छन् । हिमाल आँखै अगाडि देखिन्छन् ।
प्रदेश १ को राजधानिबाट समय पर्याप्त हुँदा सार्वजनिक यातायातबाट पनि सहजै यात्रा गर्न सकिन्छ । समय कम हुँदा निजि यातायातबाट एकदिनमै मजाले कालिञ्चोक भगवती पुग्न सकिन्छ । यसक्षेत्रको सुन्दरता निकै मनमोहक छ ।
हेरौं तस्बिरमा (स्