पाँचथर । प्रथम याङनाम गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ । बैशाख २ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु फिदिम १० खलङगाटार स्थित प्रस्तावित इमानसिं रंगशालामा हुनेछन् ।
याङनाम गोल्डकपमा आयोजक क्लबसहित १२ टोलीले सहभागिता जनाउने प्रतियोगिताको पहिलो खेल आज याङनाम फुटबल क्लब र नेपाल मगर संघ विहिदिन बिच हुने छ । खेल दिनको ३ बजे हुनेछ । खेलको प्रत्यक्ष प्रसारण गोल नेपालको फेसबुक पेजबाट हुनेछ ।
प्रतियोगितामा नेपाल मगर संघ विहिदिन, जिल्ला प्रहरी कार्यालय पाँचथर,मनापजुम यलम्बर युवम क्लब फिदिम ११,कुम्मायक गाउँपालिका,आनिशाक्थिम युवा क्लब , नुवाफुङ युवा क्लब थर्पु, श्री शान्तीदिप युवा क्लब फिदिम १३,ब्वाइज युनियन क्लब फालेलुङ ८, सिर्जना युवा क्लब हिलिहाङ, फिदिम स्र्पोटिङ क्लब, नवशुसेली क्लब फालेलुङ ३ को सहभागिता रहने आयोजक क्लबका अध्यक्ष उपेन्द्र श्रेष्ठले जााकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार र उपविजेताले ५५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।