पाँचथर । निर्माणधिन पाँचथर रङशालामा आयोजित प्रथम पाँचथर रङशाला फुटबल प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले जितेको छ । शनिबार भएको फाइनल खेलमा दिलकुमार लिम्बको ह्याटिकमा जिल्ला प्रहरी कार्यालय पाँचथरलाई ५-० ले हराउदै कुम्मायकले उपाधि जितेको हो ।
पाँचथर रङशालामा भएको खेल सुरुभएकाे दोस्रो मिनेटमै कुम्मायकका लक्ष्मण राईको गोलमा कुम्मायकले अग्रता लिएको थियो । गरे । दिलकुमार लिम्बूले ४१, ५५ र ६२ औं मिनेटमा गोल गदै ह्याटिक गरेका थिए । ६३ औँ मिनेटमा सुनिल सुब्बाले थप एक गोल गरेर जितलाई फराकिलो बनाएका थिए ।
विजेता कुम्मायकले १ लाख र उपविजेता प्रहरीले ५० हजार रुपैयाँ पुरस्कार पाए । म्यान अफ द म्याच प्रहरीका सुजन चाम्लिङ राईले ५ हजार पुरस्कार पाए ।
कुम्मायकका हेमन्त दर्नाल उत्कृष्ट खेलाडी, दिलकुमार सम्बाहाम्फे सर्वाधिक गोलकर्ता, कृष्ण क्षेत्री उत्कृष्ट गोलकिपर, सुवास तामाङ उत्कृष्ट रक्षक र भीमप्रसाद लावती उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही ५ हजार पुरस्कार पाए ।
आयोजक तुम्याहाङ युवा क्लबका प्रणाम तुम्बापो राइजिङ प्लेयरमा पुरस्कृत बने ।