पाँचथरमा ६१ देखि ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइने भएको छ । यहि जेठ २७ र २८ गते पाँचथर भरकारु बृद्धाहरुलाई खोप दिइन लागेको हो ।
खोप ६० बर्ष देखि ६५ वर्ष पुगेका बृद्धाहरुलाई लगउने अभियान भए पनि पाँचथरमा खोपको डोज आवश्यक संख्या भन्दा कम्ती आएको छ । पाँचथरमा ६० बर्ष देखि ६५ वर्ष पुगेका बृद्धाहरुको सख्या ५हजार ५सय ८१ जना रहेको मा खोप २ हजार ७ सय ९१ जनालाइ पुग्ने मात्र आएकाले ६१ देखि ६४ वर्ष सम्म लाई मात्र खोप दिन लागेको स्वास्थ्य कार्यालयक पाँचथरका प्रमुख नारदमणी सुबेदीले जानकारी गराए ।
खोप अभियान पाँचथरका ४२ वटा स्वास्थ्य चौकी,दुईवटा पिएससि र जिल्ला अस्पताल पाँचथरमा सञ्चालन हुने छ ।खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ । यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानु पर्ने सुबेदीले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधार यो उमेर समूहका व्यक्तिका लागि भेरोसेल (चिनियाँ खोप)को पहिलो मात्रा दिन लागिएको हो ।