पाँचथर । पाँचथरमा प्रतिनिधि सभा तर्फ नेकपा एमालेका बसन्त नेम्बाङको अग्रता कायम नै छ । नेम्बाङले १ हजार ६ सय ७२ मतका साथ अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका भिष्मराज अाङदेम्बेले १ हजार ४ सय ५७ मतका साथ पछ्याउदैछन् ।
नेम्बाङले २ सय १५ मतकाे अग्रता लिएका छन् । त्यस्तै प्रदेश क तर्फ नेकपा एमालेका राजकुमार भण्डारीले १ हजार ६ सय २३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका (कलम) कमला जबेगुले १ हजार ९ सय २३ मत प्राप्त गरेका छन् ।
प्रदेश ख तर्फ नेकपा एमालेका अईन्द्र सुन्दर लावतीले २ हजार ८० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका इन्द्र आङ्वो मोशामाले २ हजार १ सय ९३ मत प्राप्त गरेका छन् ।