पाँचथर– पाँचथरको १ सय २ मतदान स्थलका १ सय ७७ केन्द्रमा मतदान गराउन लागि कर्मचारी तथा सुरक्षाकर्मी खटिएका छन् । विहिवार साझसम्म सबै मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगि सक्ने जानकारी दिईएको छ ।
मतदान केन्द्रमा प्रयोग गरिने ६४ किसिमका सामाग्रि सहित उनीहरु गाँउ लागेका हुन् । मतदान सम्पन्न गराउका लागि १ हजार ४ सय १६ जना कर्मचारी पचिरालन गरीएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिए ।
जिल्लामा अधिकाश ग्रामिण क्षेत्र भएका निर्वाचन समाग्रि सहित गाँउ पठाउनका लागि केहि समस्या भएका थिए । बुधावर देखिनै मतदान केन्द्रमा पठाउने काम सुरु गरिएको थियो ।
आझनै मतदान स्थलमा सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको छ । निर्वाचनकालागि ३ हजार सुरक्षाकर्मी पचिरालन गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकृत गणेश गैरीले जानकारी दिए । यि मध्ये १ हजार १३ जना म्यादी प्रहरी रहेका छन् ।