सरला रेग्मी
नाम्ची,दक्षिणसिक्किम । साझमा अग्ला पहाड मस्त निदाएका देखिन्छन् । पहाडसँगै उभिएको सुन्तले रंगको मुर्तिले हरकोहीलाई त्यस तर्फ आकर्षित गर्छ ।
पुर्वी नेपालको मेची पुलपारी रहेको नेपाल सिमाना भारतको पानीट्यान्कि (सिलगुरी)बाट ९१ किलो मिटरको दुरीमा रहेको चारधाम निकै सुन्दर छ । सिक्किमको राजधानिबाट ९१ किलोमिटरकै दुरिमा पर्ने सुन्दर नाम्चि बजारबाट ५ किलो मिटरको दुरिमा सोलोफोक पहाडमा अवस्थित छ ।
मुख्य मन्दिर १ सय ७ फिट अग्लो छ भने शिवको मुर्ती ३३ मिटर अग्लो रहेको छ । पहाड झै उभिएको शिवको मुर्तिले दक्षिण सिक्किमको सुन्दरतामा निखारता ल्याएको छ । चारधाम नाम बाट प्रसिद्धि कमाएको उत्त स्थलमा भगवान् बिष्णु, कृष्ण, भारतका चार दिशामा प्रसिद्ध रहेका धामहरु उत्तरमा बद्रीनाथ धाम, पुर्वमा जगन्नाथ पुरि, पश्चिममा द्वारीकापुरी र दक्षिणमा रामेश्वरम धाम यहाँ अवस्थित छन् ।
त्यस्तै भारतका अलग अलग राज्यमा भएका शिवका १२ ज्योतिर्लिङ्गको प्रतिकृती यहाँ रहेको छ । सिद्धेश्वर धाम, किराँतेश्वर महादेव, नन्दी,यहाँका कला कौशलतामा निर्माण भएको भवनले यहाँको परिषद् नै निकै लोभ्याउने देखिन्छ ।
शिवको ठूलो मुर्ति वरिपरि हरिया पहाड, नेपालको प्रसिद्ध हिम श्रंखला कंचनजङा पनि देख्न सकिन्छ ।
सिक्किम सरकार २००५ सिलन्यास गरेको र २०२१ मा निर्माण कार्य शुरुभएको थियो । सिक्किम सरकारले टाढा टाढाको धाम आर्थिक र शारिरिक रुपमा जान नसक्ने दर्शनार्थिको लागि निर्माण गरिएको पण्डित कपिलमणी खनालले जानकारी दिए । साझमा सुन्तले रंग देखिएको मुर्ति बिहानिको सुर्यको किरणमा सेतो देखिन्छ ।
यो मुर्ती भएको स्थानबाट पुर्वबाट कालिङ्पुङ, दक्षिणबाट दार्जेलिङ र शिवको मुर्तिको पश्चिम पट्टिबाट सेता टल्किएको नेपालको कंचनजङा हिम श्रंखलालाई दर्शनावलोकन गर्न सकिन्छ । यस धामले धार्मिक विस्वास बोकेको छ । पाप नष्ट हुने बिश्वास गरिन्छ । हिन्दु पौराणिक कथा अनुसार सबै चार धाम महत्वपूर्ण धार्मिक धामहरुको संग्रह मानिन्छ दक्षिण सिक्किमको चारधाम।