पाँचथर– चार दिन सञ्चालन भएको आँखा शिविरमा २ सय ५० जनाको शल्यक्रिया गरिएको छ । मोतियाविन्दु लगायतका समस्या भएका विरामीको शल्यक्र्रिया भएको हो ।
पाँचथर अस्पताल परिसरमा सञ्चालन भएको आँखा शिविरबाट १ हजार ९ सय ६ जनाले सेवा लिएको आयोजक जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए ।
फिदिम नगरपालीकाको आर्थिक सहयोगमा समाजले निशुल्कः आँखा शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा मेची आँखा अस्पताल विर्तामोडका चिकित्सकहरुले सेवा दिएका थिए ।
शिविर समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका मह–महामन्त्रि भिष्मराज आङदेम्बेले नागरिकको स्वास्थ्यनै प्रमुख विषय भएको बताएका थिए । समापन समारोहमा जिसस प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालीकाका प्रमुख मित्र प्रसाद काफ्ले लगायतले धारणा राखेका थिए ।