पाँचथर । गण्डकी प्रदेशमा अर्को महिना हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका क्रममा प्रदेशस्तरीय छनाेट प्रतियाेगितामा पाँचथरकाे महिला फुटबल टिमले घनकुटाको महिला फुटबल टिम संग प्रतिस्पर्धा गर्दै छ ।
खेल इटहरी रङशालामा आज दिउसाे ३ बजे हुनेछ । धनकुटा पहाडी जिल्लानै भएकाले खेल्न सहज हुने र आफ्नो टिमले नतिजा निकाल्न सफल हुनेमा ढुक्क रहेको पाँचथरका प्रशिक्षक पासाङ तामाङले जानकारी दिए ।
महिला फुटबलको लागी जिल्लाबाट १६ जना खेलाडीहरु छनोट भएका थिए ।
पाँचथरका महिला खेलाडी
गोल किपर : सुम्मिता राई, सोनुहाङ आङथुपो
डिफेन्स : प्रबिना कालिकोटे,रिता राई,रेखा राई,भावना राई,सविना राई
मिडफिल्डर : अप्सरा राई,मनिता तुम्रोक,अमृता राई,शान्तीकला राई,बुद्धमा केरुङ
फरर्वाडः अविना राई,सावना राई,प्रतिमा राई,स्वाती जवेगु