मोरङ । बिराटनगर महानगरपालिका-१२ रोडशेस चोक स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्री बरामद गरेको छ । हिजो राती साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले करिव ३७ लाख मुल्य बरावरको बिभिन्न प्रकारका मोटर पार्टसहरु भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्राउदै गरेको अवस्थामा बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको अवैध सामग्री तथा ट्रयाक्टर र चालक भारत अररियाका तलुवा मुर्मु सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको र अन्य अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।