पाँचथर । मालपोत कार्यालय पाँचथरले किताकाट नगरी लालपुर्जा बाढ्दा किताकाट गर्न सेवाग्राहिहरुले सास्ती ब्यहोरर्नु परेको छ । जिल्लाको हिलिहाङ र कुम्मायक गाँउपालीकामा मालापोत कार्यालय पाँचथरले घुम्ती शिविर मार्फत जग्गा पास लगायतका काम गरेपनि किताकाट हुन सर्वसाधारण नागरिकलाई समस्या भोग्नु परेको छ ।
जिल्ला मालपोत कार्यालय र नापी कार्यालय बिच आपसि समन्वय नहुँदा सर्वसाधारण नागरिकले दुखः पाएका हुन् । एकवर्ष अगाडी जग्गा पास भएर लालपुर्जा हातमा भएपनि किनिएको जग्गाको नक्शाभने छुटिएको छैन् । ती जग्गा धनिहरुको नापी कार्यालयको सफ्टवयरमा नक्शानै छैन् ।
मालपोत कार्यालयले जग्गा पास गरिसकेकाले किताकाट गर्न भनेर नापीलाई पत्रचार गरेको थियो । नापी कार्यालयले नियमविपरीत भएको भन्दै लिखत फिर्ता गरिदिएको छ । नापीले किताकाट गरेपछि मात्र जग्गा पाश हुने व्यवस्था भएपनि जग्गा पास गरेर किताकाट गर्न पठाएको नापी कार्यालयको भनाइ छ । नक्शाको टे्रसिङमा गाँउपालीकाको अमिन प्रयोग गरि नक्शाको रेखाकन गरेर मालापोत कार्यालयले नापी कार्यालयमा पठाएको देखिन्छ ।
गाँउपालीकाको बजेटमा भएको घुम्ती शिविरमा आपसी समन्वय नहुँदा सो बेला सुविधा भनिएको कामले अहिले सास्ती व्यहोर्नु पर्ने अवस्था सृजना भएको छ । संविधानले मालपोत तथा नापी स्थानीय तहमानै राख्ने व्यवस्था भएपनि कार्यान्वयन हुन सकेको छैन् ।
यसअघि मिक्लाजुङ र तुम्बेवा गाँउपालीकाको घुम्ति शिविरबाट जग्गा पास गरी किताकाट गर्न पठाउँदा किताकाट भएको थियो । मिक्लाजुङ र तुम्बेवाको किताकाट गर्दा धेरै समस्या देखिएको नापी कार्यालय पाँचथरमा प्रमुख उमेश नेम्बाङले बताए । ‘हामीसँग कार्यालयमा मात्र सञ्चालन गर्न मिल्ने सफ्टवयर छ । हाम्रो ठेलीहरु कार्यालय भन्दा बाहिर लिएर जान सक्दैनौँ, बाहिर निकाल्ने अनुमतीनै छैन् । हामीले जान सक्दैनौँ भनेर जानकारी दिएका थियौँ’ नेम्बाङले भने ‘पहिला सञ्चालन गरेको घुम्ती शिविरमा धेरै समस्या आए । प्राविधिक रुपमा लिखत कमजोर भए । कित्तासँगको श्रेस्ता लगत भिड्छ कि भिड्दैन भनेर हेर्ने कुरा भएन, जनताले माग गरेको किता तर्फ भन्ने कस्ले भनिदिने ? जस्तासमस्या आए ।’
नेम्बाङका अनुसार जग्गा नापजाँच तथा नक्सा श्रेस्ता अध्यवाधिक सम्बन्धी निर्देशिक २०७३ र जग्गा प्रशासन निर्देशिक २०५८ विपरित देखिएकाले लिखत फिर्ता पठाइएको हो । ‘किन्ने र बेच्ने व्याक्तिलाईसँगै राखेर, लगत भिडाएर नक्सामा दुबैजनाको नक्सामा हस्ताक्षर गर्नु पर्ने हुन्छ’ नेम्बाङले भने ‘टे्रसिङमा कसैले किता छुट्याएको भरमा यहाँ हामीले काम गर्ने कुरा भएन । यसले झन ठुलो समस्या ल्याउछ । नापीले गर्ने कामनै नगरी जग्गा पास गरियो । यो हाम्रो कार्यविधि भन्दा विपरित भयो ।’
दुई गाँउपालीकाको ७० थान कित्ताको लिखत मालापोत कार्यालयले फिर्ता गरेको छ । माथिल्लो निकायसँग कुरा गर्दापनि नियमविपरित काम गर्न नसकिने भन्ने आएको बताइएको छ ।
जग्गा पास, अशंबण्डा जस्ताकाममा समस्या देखिएको छ । गाँउमै सुविधा आयो भनेर काम गरिएपनि थप झन्झट व्यहोर्नु पर्ने अवस्था आएको हिलिहाङ गाँउपालीकाका सेवाग्राही सुजन पुरीले बताए । ‘म जस्ता धेरै पीडित रहेका छौँ । अब के गर्ने अन्योल छ । बजारमा बसिरहेकालाई सहज होला तर गाँउमा बस्नेहरुलाई यसले ठुलो समस्या भएको छ’ पुरीले भने ‘हामीले अशंबण्डा गरेका थियौँ । धनिपुर्जा छ तर नक्सामा छैन् ।’
ग्रामिण क्षेत्रका बासिन्दाले झन्झट व्यहोर्नु पर्ने अवस्था सृजना भएको छ । ‘यस अघि दुई गाँउपालीकामा जग्गा पास गर्दा नापी कार्यालयले किताकाट गरिदिएको थियो । थप दुई गाँउपालीकाको जग्गाको किताकाट नगर्दा समस्या भएको छ’ मालापोत कार्यालय पाँचथरका प्रमुख बाबुराम पोखरेलले भने ‘गाँउपालीकाका कर्मचारी मार्फत कितकाटको कागजात ल्याएको थियौँ । गाँउमै जनतालाई सुविधा दिने हाम्रो योजना थियो ।’
घुम्ति शिविरको कामबाट प्राविधिक हिसाबले समस्या देखिएको नापी कार्यालय प्रमुख नेम्बाङले बताए । ‘तुम्बेवा गाँउपालीकाबाट धेरै समस्या आए । धेरैजनाले दुखः पाउनु भएको छ । पूर्व पश्चिमको समस्या, कित्तानम्बर, नरघटि लगायका समस्या देखिएका छ्न । एकातीर जनताले दुखः पाउने, अर्कोतर्फ नियमबिपरित हुने भएकाले मालपोतले पठाएको कागजका आधारमा काम गर्न सकिएन’-उनले भने ।
कागजात वार्डमा पठाएर वार्डको कर्मचारीको रोहवरमा किन्ने र बेच्नेलाई नक्शामा हस्ताक्षर गराएर समस्या समाधान गर्नका लागि माथिल्लो निकायमा पहल भईरहेको पोखरेलले दाबी गरे । यसो गर्दापनि सर्वसाधारण नागरिकले दोहोरो दुखः पाउने देखिन्छ ।
संविधानले व्यवस्था गरेअुनसार नापी र मालपोत कार्यालय स्थानीय तहमा लैजाने हो भने सर्वसाधारणले सुविधा पाउने बताइन्छ ।