उनी नक्सासँगै नगर प्रहरी र डोजर लिएर पुन: बुद्धनगर पुगे र सञ्चालक सिवाकोटीलाई नक्सा देखाएर अवैध संरचनामा डोजर चलाइदिए। सिवाकोटी एमालेका शीर्ष नेताहरूसँग निकट सम्बन्ध रहेका व्यवसायीका रूपमा परिचित छन्।
एमालेका अधिकांश कार्यक्रमहरू उनकै भवनमा हुने गरेका छन्। महानगरले यसअघि नै महानगर क्षेत्रमा बनेका अवैध संरचना हटाउन ३५ दिने सूचना प्रकाशित गरेकाे थियाे। तर, सो सूचना कुनै व्यापारीले पत्याएनन्। उनीहरूले अवैध संरचना हटाएनन्।
त्यसपछि मेयर बालेन्द्र आफैँ नगर प्रहरी र डोजर लिएर अवैध संरचना भएका स्थान भत्काउन हिँडे। उनले बुधबार काठमाडौं मलसँगै रहेका अवैध संचरना पनि हटाएका थिए।
बालेन्द्र अहिले नक्सा पास गर्दा बेसमेन्ट पार्किङ भनेर स्वीकृति गराएको तर पछि व्यापारिक प्रयोजनमा प्रयोग गरिएको व्यापारिक भवनका अवैध संरचना हटाउने अभियानमा छन्।
काठमाडौं महानगरले टुकुचा क्षेत्र अतिक्रमण गरेर बनेका संरचनाहरू समेत हटाउन ३५ दिने सूचना जारी गरे पनि मेयर बालेन त्यता भने लागेका छैनन्। उनी अहिले मुख्य व्यापारिक केन्द्रहरूमा बनेका अवैध संरचना भत्काउन सक्रिय भएका छन्।