झापा । इलाम चुलाचुलीका एक युवा झापाको काँकरभिट्टा क्षेत्रबाट प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनलाई सोमबार अपराह्न पौने ६ बजे प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार झापाको मेचीनगर ६ स्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जिल्ला चुलाचुली गाउँपालिका पेल्टिमारीका ३३ वर्षीय सत्यनारायण याख्खालाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेका हो ।
उनको साथबाट १ ग्राम ८०० मिलीग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा डिएसपी वसन्त पाठकले जानकारी दिए । उनका अनुसार पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ ।