काठमाडौं । पछिल्लो चौबिस घण्टामा ९ वटा जिल्लामा कोभिड १९ संक्रमित थपिएका छन् ।
मोरङ, धनुषा, रौतहट, दोलखा, मकवानपुर, र नवपरासी पश्चिममा एक एकजना संक्रमित थपिएका हुन् । कास्की र ललितपुरमा भने दुईदुईजना र काठमाडौंमा २४ जना संक्रमित देखिएका छन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २२६ पुगेको छ ।
आज देशभर रहेका ३४८ जना सक्रिय संक्रमितमध्ये ३४४ जना होम आइसोलेसनमा र चारजना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये ४ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।