केन्जो खबर ,फिदिम । पाँचथर जिल्लाको एक मात्र नगरपालिका फिदिम नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९र८०को लागि ९८ करोड ७४ लाख ७६ हजार ६ सय २०रुपैयाको बजेट ल्याएको हो । जसमा सामाजिक बिकासको क्षेत्रमा ४४ करोड ३३ लाख ५ हजार ४ सय ६३ रुपैया बिनियोजन गरेको छ । सामाजिक बिकासको क्षेत्र लैङ्गिक समानता, महिला बालबालिका,अपांग, जेष्ठ नागरिक अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिस्चिता,मातृ शिशु स्वास्थ्य प्रवर्धन, नगरपालिका भित्र जन्मिएका जन्म दोष पहिचान, श्रवण क्षमता नभएका व्यक्तिलाई दोभाषे उत्पादन र व्यवस्थापन गर्ने ।
धार्मिक, सांस्कृतिक, लगाएत सामाजिक विकृती हटाउन सामाजिक सचेतना कार्यक्रम,नगर क्षेत्रमा बसोबास गर्ने मृतकका परिवारसँग दु:खमा नगरपालिकाु कार्यक्रम, सबै प्रकारका हिंसा र लागुपदार्थ दुर्व्यसनी अभियान संचालन, वैदेशिक रोजगारिमा गएका नगरका युवाको अभिलेखिकरण व्यवस्था गर्ने ।
शिक्षा, युवा तथा खेलकुद तर्फ शैक्षिक गुणस्तर सवलिकरणको लागि प्रत्येक ३/३ महिनामा प्रधान्ध्यापकसंग अन्तरक्रिया ,बिषयगत शिक्षकलाई तालिम, बिपन्न, असहाय, अनाथ,सडक बालबालिका,सिमान्तकृत,द्वन्द्व पिडित र सहिद परिवारका बालबालिकाहरुको लागि आवासीय बिद्यालयलाई प्रभावकारी बनाउने ।
फिदिम नगर भित्रका आर्थिक रुपमा बिपन्न र उत्कृष्ट बिद्यार्थिलाई ,मेडिकल, इन्जिनियरिङ र बिज्ञान संकायमा छात्रवृत्ति, हरित नगर बिकासका लागि एक बिद्यार्थि,एक बिरुवा अभियान संचालन गर्ने , १४ वार्डमा खेलमैदानको मर्मतसम्भार गर्ने,बार्षिक रुपमा संचालन हुने गोल्डकप, ब्याडमिन्टन, बुद्धिचाल संचालनका लागि सहयोग गर्ने, र जनस्वास्थ्य तर्फ तोकिएबमिजिमको नि:शुल्क आधारभुत स्वास्थ्य सेवा, बिपन्न,द्वन्द पीडित लगाएतका परिवारको प्राथमिक स्वास्थ्य उपचारमा पहुँच पुर्याउने ।
नगरभित्र बेवारिसे,असहायको मृत्यु भए दाह सत्कार नगरले व्यबस्था गर्ने,बार्हा स्वास्थ्य संस्थासंगको साझेदारिमा जेष्ट नगरी दन्त उपहार कार्यक्रमको लागि शिविर संचालन,महिलाको आङ खस्ने, आँखा उपचारको शिविर संचालन गर्ने ।
नगरमा संचालित आयुर्वेदिक औषदालयको सेवा र पहुँचलाई प्रभावकारी बनाउने, रक्तदान गर्नेको अभिलेख राखी आकस्मिक रत्त सेवालाई सहज बनाउने, प्रत्येक वार्डमा एम्बुलेन्स तथा आकस्मिक सवारी साधनको व्यवस्था मिलाउन प्रदेश र संघ सरकारसँग समन्वय गर्ने उल्लेख छ ।