फिदिम । पाँचथर जिल्लाको एक मात्र नगरपालिका फिदिम नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९\८०को लागि ९८ करोड ७४ लाख ७६ हजार ६ सय २०रुपैयाको बजेट ल्याएको छ ।
जसमा सामाजिक बिकास तर्फ ४४ करोड ३३ लाख ५ हजार ४ सय ६३ रुपैया, आर्थिक बिकास तर्फ ६ करोड ८० लाख ७५ हजार ५ सय रुपैया,पुर्वधार बिकास तर्फ ३१ करोड २६ लाख ६३ हजार ४ सय ७ रुपैया बिनियोजन गरेको छ ।
सार्वजनिक सेवा तथा क्षमता बिकास तर्फ २ करोड ७६ लाख ४४ हजार २ सय ५० रुपैया, वातावरण तथा बिपत व्यवस्थापन तर्फ २ करोड १२ लाख ८८ हजार र प्रशासनिक खर्च तर्फ ११ करोड ६५ बिनियोजन गरेको छ ।