पाँचथर । पाँचथर भन्न साथ पाँचथर पुगेकाहरुले उपत्यका जस्तो देखिने सुन्दर सदरमुकाम फिदिम र फिदिमको बिच बजारमा हुने फाल्गुनन्द गोल्डकपलाई सम्झन्छन् । तर सबैको सम्झनामा कैद भएको फाल्गुनन्द गोल्डकप यस बर्ष पनि नहुने छाटकाट देखिएको छ । यो फिदिममा रहेको खेलमैदान हो। सुविधा सम्पन्न खेलमैदान बनाउने कामबीचमै रोकिएपछि यो खेलमैदानको काम लथालिङ भएको छ।
फाल्गुनन्द गोल्डकप, पाँचथर गोल्डकप जस्ता प्रतियोगिता खेलमैदान हुन रोकिएका छन् भने अलपत्र खेल मैदानको भविष्य के हुने भन्ने अन्योलता रहेको छ। ‘फिदिममा बजार क्षेत्रमा खेलकुद गतिविधि हुने एकमात्र ठाँउ भएकाले खेलमैदान नबन्दा समस्या भएको छ।
उपत्यका जस्तो देखिने फिदिमको महत्वपूर्ण आकाषर्ण हो फाल्गुनन्द गोल्डकप । माथी रमिते डाडा बाट सुन्दर देखिने खेल मैदान फिदिम बजार प्रवेश गर्दा गर्दैको दृष्य भने अहिले त्यति सुन्दर छैन। लथालिङ संरचना भएको चउर जस्तो देखिन्छ भने भविष्य के हुने भन्ने चिन्ता देखिएको छ। कार्तिकदेखि काम रोकिएको छ। १० करोड ६३ लाख ५७ हजारमा ठेक्का लागेको खेलमैदानको काम असार मसन्तमा सक्ने सम्झौता थियो। १७ महिनाको सम्झौता यही असारमा सकिने भएपनि खेलमैदान निर्माणको कामको प्रगति न्यून रहेको छ।
हालसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको राष्ट्रिय खेलकुद परिषदका इञ्जिनियर केवल परियारले जानकारी दिए।कामको भुक्तानी नभएको भनेर ठेकेदार कम्पनीले काम रोकेको थियो। विलका आधारमा भुक्तानी भइसकेको परियारले जानकारी दिए। तर अझै पनि ठेकेदार कम्पनीले काम अघि बढाएको छैन। काम अघि बढाउनका लागि पटक पटक पत्रचार गरेको परियारले जानकारी दिए। ठकेदार कम्पनीका प्रतिनिधिले भने ड्रोईङ नबनेकोले काम अघि नबढेको दाबी गरेको छ।
नयाँ संरचनाको ड्रोइङ नभएकाले काम अघि नबढेको ठेकेदार कम्पनीका प्रतिनिधि सुरेश काफ्लेले बताए।काम हुँदाहुँदै बीचैमा छोडिएको छ। खेलमैदानमा माटो थुप्रिएको छ, झार उम्रिएको छ। पाँचथर सदरमुकाम फिदिममा फुटबल प्रतियोगिता तथा लगायतका अन्य गतिविधि हुने फिदिम खेलमैदानलाई व्यवस्थित रंगशाला बनाउने कामले गति नपाउँदा स्थानीय चिन्तित छन्।
खेलकुद प्रतियोगिता, अभ्यास लगायतका खेलकुद गतिविधि ठप्प छन्’ फिदिम स्र्पोटिङ क्लबका अध्यक्ष दिपेन्द्र थापाले भने ‘खेलमैदानको काम चाडो अघि बढाएर सम्पन्न गर्नकालागि सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक छ।’तीस वटा सटर सपिङ कप्लेक्ससहितको सुविधा सम्पन्न खेलमैदानको काम अघि बढाइएको थियो। १७ महिनामा काम सक्ने गरी अघिल्लो वर्ष माघ २५ गते पिएसरकिरातेश्वररमैनाचुली जेभीसँग ठेक्का सम्झौता भएको थियो। फिदिम माध्यमिक विद्यालयको जग्गामा रहेको खेलमैदानलाई सुविधा सम्पन्न खेलमैदान बनाउने काम अघि बढाइएको थियो।