बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडले उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटी सहित १० जनालाई नियन्त्रणमा लिएको छ । बिर्तामोडस्थित बुधबारे हटियाका व्यवसायीलाई विजुलीको मिटर दिनुपर्ने मागसहित चार दिनदेखि आन्दोलनरत बिर्तामोड उद्योग बाणिज्य संघ नेतृत्वको आन्दोलनमा बल प्रयोग गरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
क्राउ पर्नेहरुमा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सन्तोष उप्रेती, राधिका चुडाल, कल्पना पुरी , संगीता न्यौपाने, तुलसा तामाङ, निरु अधिकारी, एकता कडरिया विष्ट रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । बिर्तामोड नगरपालिका अगाडि विरोध प्रदर्शन गर्दै आन्दोलनकारीहरु नगरपालिकाभित्र छिर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
त्यसक्रममा केहीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए । बुधबारे हटियाका व्यवसायीहरुलाई विजुलीको मिटर दिनुपर्ने मागसहितको आन्दोलन साम्य हुनुको सट्टा अझ चर्किदै गएको छ ।बजारदैनिक