सरला रेग्मी,
फिदिम । नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको भएपनि फिदिम नगरपालिकाका स्थानीयबासी दुषित पानी पिउन बाध्य भएका छन् ।
हुनत हरेक बर्ष यो समस्या नभएको होइन, समस्या सधै छ तर समाधान छैन ।
केही दिन अगाडी परेको अविरल वर्षाका कारण आएको बाढीले खानेपानी धमिलो आए सँगै स्थानीयहरु दुषित पानी पिउन बाध्य भएका हुन् । दुषित पानी पिउन बाध्य भएको महिनौ बितिसक्दा पनि खानेपानी पिउन योग्य बनाउन सरोकारवालाको ध्यान गएको छैन । दुषित पानीकै कारण झाडापखालाका रोगीहरु बढेको स्थानीयहरुको गुनासो रहेको छ ।
फिदिम बजारको चोकमा रहेको असिम औषधि पसलमा भेटिएकी सम्झना झाडापखाला लागेर औषधि पसलमा दवाइ लिन उनी आफ्नी आमासँग आएकी हुन् । अहिले दैनिक जस्तो ८ देखि १० जना झाडापखालाका बिरामी औषधि लिन औषधि पसल आउने गरेको असिम औषधि पसलका संचालक केपि मैनालीले बताएका छन् ।
हिजो अर्थात असार ६ गते जिल्ला अस्पतालमा झाडापखालाका बिरामी ८ जना भर्ना भएका थिए । फिदिम बजारमा तीन वटा निजि अस्पताल र एउटा सरकारी अस्पताल छ भने १२ वटा औषधि पसल छ । निजि अस्पताल पाथिभरा अस्पतालमा अहिले झाडापखाला र टाइफाइडका बिरामी भर्ना भएका छन् । पाथिभरा अस्पतालका डाक्टर अशोक मेहताका अनुसार दुषित पानी कै कारण झाडापखाला र टाइफाइडका बिरामी बढेको बताएका छन् ।
जिल्लाका अस्पताल र औषधि पसलमा पछिल्ला केही दिनयता दैनिक १० देखि १२ जनासम्म झाडापखालाका बिरामी उपचारका लागि आउने गरेको मुना औषधि पसलका संचालक तथा ताप्लेजुंग पाँचथर नेपाल औषधि व्यवसायी संघका उपाध्यक्ष बसन्त पाण्डेले बताएका छन् । अस्पतालमा बिरामिको संख्यामात्र होइन बिधालयमा बिद्यार्थि आउने क्रमपनी घटेको ज्ञानकुन्ज मन्टेश्वरीका संचालक मंगल बेघाले बताए ।
गणेशमान स्मृती सामुदायीक अस्पताल फिदिममापनि झाडापखाला र टाइफाइडका बिरामी बढ्दै गएको गणेशमान स्मृती सामुदायीक अस्पतालका जन सम्पर्क अधिकृत शिशिर आङ्बोले बताएका छन् ।
बर्षायाम शुरुभए संगै धारामा पिउन योग्य पानी आउदैन । घरको धारामा आएको पानी पिउन योग्य छैन पानी लिन जादा घण्टौ पर्खिनु पर्ने बाध्यता रहेको स्थानिय भोला अधिकारिले बताएका छन् ।
अव्यवस्थित बिकास, अव्यवस्थित बजार, अस्वस्थ पानी तथा खाना, मानिसको बाक्लो आवतजावत र स्वास्थ्यप्रतिको सजगता कम हुँदै जानु पनि संक्रामक रोगको कारण बन्दै गएको छ । हरेक वर्ष बर्खायाममा पिउने पानी योग्य न आउदा फिदिमका बासिन्दाले पानीकै कारण हरेक बर्ष सास्ती खेप्नु परेको छ। बिहान ४ बजे देखि पानी लिन जाने को घुइचो हुन्छ ।
फिदिम साना सहरी खानेपानि तथा उपभोक्ता समिति ले लेदो पानि छान्ने मेसिन पनि नराखेको होइन । नेपाल सरकार बाट ५० प्रतिशत अनुदान, नगर बिकास कोषबाट ४५ प्रतिशत अनुदान र उपभोक्ता बाट संकलन गरि करिब १९ करोड लगानिमा छान्ने मेसिन पनि बनाएको छ तर बर्खायाम को लेदो पानी भने छान्न सकेको छैन । बालुवा, गिटि को प्रयोग गरि बनाएको छान्ने फिल्टर सामान्य आएको धमिलो पानी मात्र छान्ने र अलि लेदो आएको छान्न नसक्ने फिदिम साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रमुख छवि कार्की बताउछन् ।
२०५८ सालमा स्थापना भएको फिदिम साना सहरी खानेपानि तथा उपभोक्ता समितिको यो दोस्रो कार्य समिती भए पनि उपभोक्ताको समस्या जस्ताको तेस्तै छ । पानीको मुहानमा पहिला जङ्गल थियो मानिसको आवत जावत पनि थिएन अहिले गाडी गुड्न थाले पछि थप समस्या हुन थालेको कार्कि बताउछन् । बालबालिकामा उच्च ज्वोरो, झाडापखाला,टाइफाइड बढी मात्रामा देखिएको पाँचथर जिल्ला अस्पतालका बाल रोग विशेषज्ञ बरुण अग्रवालले बताएका छन् । उनले भने : उच्च ज्वोरोको कारण खानेपानी नभए पनि टाइफाइड र झाडापखाला भने दुषित पानी र स्वास्थ प्रती सजक नभएको कारण नै संक्रमीत बढेको हो ।
नेपालमा दुषित पानी पिउनकै कारण हरेक बर्ष मलेरिया,हैजा, कालाजार, डेङ्यु जस्ता रोगको कारण संक्रमितको संख्या बढ्दो रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको साप्ताहिक बुलेटिनमा उल्लेख छ ।