पाँचथर । आज देखि १ नम्बर प्रदेश जिल्ला स्तरीय नकआउट फुटवल प्रतियोगिता सुरु हुँदै छ । प्रदेश खेलकुद बोर्डको आयोजनामा इटहरी रङशालामा हुने प्रतियोगितामा प्रदेश नम्बर १ का जिल्ला लिग बिजेता ११ वटा क्लबको सहभागीता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेल पाँचथरको जिल्ला लिग बिजेता राइजिङ स्टार क्लब रबि र फ्युजन फुटवल क्लव उदयपुर बिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए । पहिलाे दिन २ वटा खेल हुने जनाइएकाे छ । आज हुने पहिलाे खेल इटहरी रङशालमा दिउसाे १ बजे र दाेश्राे खेल दिउसाे ३ बजे हुने आयाेजकले जानकारी दिए ।
आजबाट सुरु हुने नकआउट फुटवल प्रतियोगितामा पाँचथरको राइजिङ्ग स्टार स्पोर्टिङ क्लव सहित , फ्युजन फुटवल क्लव उदयपुर,कोदार फुटवल क्लव भोजपुर , देउराली फुटवल क्लव धनकुटा , बाक्सिला फुटवल क्लव खोटाङ्ग , मानभारा स्पोर्टिङ्ग क्लव ताप्लेजुङ्ग सहभागी हुने आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगितामा धरान फुटवल क्लव सुनसरी र खाँदवारी युथ क्लव संखुवासभा, मोतीराम स्पोर्टिग क्लव मोरङ्ग,देउराली फुटवल क्लव धनकुटा, रेडहर्स फुटवल क्लव इलाम र शनिश्चरे फुटवल क्लव झापाको सहभागीता रहने छ ।
प्रतियोगिताको बिजेताले नगद २ लाख र दोस्रो हुने टिमलाई नगद १ लाख रुपैँया पुरस्कार मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् ।
खेल तालीका